सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको प्रथम जिल्ला परिषद सम्पन्न

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला कार्य समिति मकवानपुरको प्रथम जिल्ला परिषद गैसस महासंघ मकवानपुरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। परिषदको प्रमुख आतिथ्य वाग्मती प्रदेश सभा सदस्य माननीय भारती पाठकले गर्नुभएको थियो।

कार्यक्रम जिल्ला अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो। परिषदमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य खडानन्द चौलागाईं तथा रामहरि विशेष अतिथिको रूपमा सहभागी भएका थिए।

कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू र डिभिजन वन कार्यालयका अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। परिषदमा सामुदायिक वनका समसामयिक विषयहरू, स्थानीय सहभागिता, र स्रोत व्यवस्थापनबारे छलफल भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.