कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने

तस्बिर–आशबहादुर ब्लोन

हेटौंडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एक सार्वजनिक सूचना जारी गर्दै कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द हुने जानकारी गराएको छ।

पूर्वाधार विकास कार्यालय, हेटौंडाबाट प्राप्त पत्रको आधारमा, गाडी सञ्चालनको लागि प्रयोग हुँदै आएको उक्त सडकखण्ड २०८२ साल जेष्ठ २ गतेदेखि २०८२ साल जेष्ठ २० गतेसम्म (१९ दिन) सवारी आवागमनका लागि पूर्ण रूपमा बन्द हुने जनाइएको छ।

सडक मर्मत तथा स्तरोन्नतिको कार्यका कारण यातायात अवरुद्ध हुने भएकोले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। वैकल्पिक रूपमा कान्ति लोकपथ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक मार्ग प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.