पेट्रोलियम खपत घटाउन मकवानपुर प्रशासनको आग्रह

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन सबै सरकारी निकायलाई आग्रह गरेको छ। बिहीबार जारी सूचनामार्फत प्रशासनले अत्यावश्यक सरकारी कार्यबाहेक अन्य प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको हो।

सूचनामा सार्वजनिक बिदाका दिन सवारी साधन सञ्चालन नगर्न स्पष्ट उल्लेख गरिएको छ। साथै, सार्वजनिक बिदा वा जिल्ला बाहिर सरकारी कामका लागि सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था आएमा अनिवार्य रूपमा पास लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

पेट्रोलियम पदार्थको आपूर्तिमा आएको कमीलाई मध्यनजर गर्दै खपत घटाउने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्ले चैत २३ गतेदेखि लागू हुने गरी सातामा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनले जिल्लास्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानलाई निर्देशन दिएको छ।

प्रशासनले वर्तमान परिस्थितिमा पेट्रोलियम खपत न्यून गर्न सबै निकाय जिम्मेवार र संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.