हेटौँडा,३१ बैशाख । बागमति प्रदेशको राजधानी हेटौंडामा बैशाख ३१ गते बुधबारदेखि थप दैनिक पत्रिका ‘नयाँपन’ प्रकाशनमा आएको छ । कम्युनिकेशन इन्डस्ट्री हेटौंडा, मकवानपुरले पत्रिकाको प्रथम अंक बजारमा प्रकाशनमा ल्याएको हो ।
धुर्ब अधिकारीको नेतृत्वमा रहेको पाक्षिक पत्रिकालाई नयाँ नेतृत्वले दैनिकमा परिणत गरेको पत्रिकाका सम्पादक दिपेन्द्र रोक्काले बताएका छन् । ‘समाचार धेरै चोटि सोचेर लेखिन्छ तर समाचार प्रकाशन भएको कुरामा सम्झौता गरिन्न’ रोक्काले पत्रीकाको प्रकाशकीयमा लेखेका छन् ।
पत्रिका निरन्तर प्रकाशित हुने र शनिबार भने पत्रिका प्रकाशन नहुने जनाइएको छ । श्यामस्वेत कलरको ट्याबलेट साइजको पत्रिका ४ पेजको छ ।
प्रतिकृया दिनुहोस्