हेटौंडामा २१८ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण

हेटौंडा । हेटौंडामा गरिएको निशुल्क स्वास्थ्य शिविरमा २१८ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित डाक्टर टोनी हेगन पार्क स्थित एक दिवसीय मुटु रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा मुटुरोगको परिक्षण गरिएको हो ।

हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा र नेपाल हृदय रोगनिवार प्रतिष्ठान मकवानपुरको संयुक्त आयोजनामा गरिको स्वास्थ्य शिविरमा मुटुरोगको साथै इसिजी, इको र पिसाबको प्रोटिन टेष्ट, प्रेसर, सुगर लगायतको परिक्षण गरिएको वडा सदस्य गोमा सुनारले जानकारी दिइन् । सुनारका अनुसार मुटुरोग २१८ जना, पिसाबको प्रोटिन टेष्ट २१८ जना, इसिजी १९८, इको १०५, प्रेसर, सुगर टेष्ट २१८ जनाले गराएका थिए ।

शिविरमा सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौका मुटुरोग विशेषज्ञ डाक्टर रबी शाही, हेटौंडा अस्पतालका मेडिकल अफिसर डाक्टर सुनिल शा, डा. बिकास यादव, डा. पृयन्का रजक, डा . स्रवण पण्डित, डा. प्रतीक भट्टराइले मानिसहरूको स्वास्थ्य जाछ गरेका थिए भने ६ जना मुटुरोगीलाइ हेटौंडा अस्पताल रिफर गरिएको जनाइएको छ ।

१० नम्बर वडाले यो आर्थिक वर्षमा ५३ जनाको स्वास्थ्य उपचार गराएको कार्यक्रमका प्रमुख अतिथी तथा हेटौंडा १० का वडाध्यक्ष फुर्वादोर्जे तामाङले बताए । आगामी दिनमा १०० जनाको उपचार गराइदिने लक्ष रहेको तामाङ्को भनाइ छ । स्वास्थ्य भन्दा ठुलो पुर्वाधार बिकास अरु नहुने भन्दै हामीले स्वास्थ्य शिविर, निशुल्क उपचारमा बढी जोड दिएका छौं, ताकी पैसा नभएर कोहीपनी स्वास्थ्य उपचारबाट बन्चित हुन नपरोस् हाम्रो धारणा छ, तामाङले भने ।

हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष विजयकुमार बैध्यको सभाध्यक्षतामा भएको शिविरमा हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाकी वडाद्यक्ष जुना दाहाल, हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सल्लाहकार भागिरथ शर्मा, हरिबम्स भेट्वाल, डाक्टर टोनी हेगन पार्कका अध्यक्ष इन्द्र नेपाल लगायतको आतिथ्यता रहेको थियो । शिविरमा नेपाल ल्याब हाउस एण्ड मल्टी स्पेशलिटी क्लिनिकले प्राबिधिक सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.