समाचार

मकवानपुरबाट चरेशसहित २ जना पक्राउ

मकवानपुरबाट चरेशसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम लागू औषध चरेश सहित २ जनालाई चुरियामाईबाट पक्राउ गरेको छ । बिहीबार करिब ५ः१० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा १५ चुरीयामाई नजिकै पिपल चौतरास्थित पुर्व पश्चिम सडक खण्डमा हेटौँडाबाट पथलैयातर्फ जादै गरेको ना.६ ख ५८३९ नम्बरको यात्रुबाहक बसबाट जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उक्त बसमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय हरि गौरब र नवलपरासीको पण्डितपुर बनगरिया गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४३ वर्षीय अनिल भर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बसमा सवार उनीहरुलाई शंका लागेपछि बसबाट ओरालेर शरीर…
Read More
हेटौँडाको डाङडुङे टोलको सबै घरमा फलफुलको बिरुवा रोप्ने अभियान

हेटौँडाको डाङडुङे टोलको सबै घरमा फलफुलको बिरुवा रोप्ने अभियान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ डाङडुङेका सबै घरमा फलफुलको बिरुवा रोप्ने अभियान सुरु भएको छ । बुधबारदेखि उक्त अभियान सुरु भएको हो । स्थानीय प्रभाकार पुडासैनीका अनुसार डाङडाङे क्षेत्रका सबै घरधुरीमा फलफुलको बिरुवा रोपिनेछ । बिरुवा रोप्नका लागि बिहीबार साँझ ४ बजे हरेक घरमा २–२ वटा फलफुलको बिरुवा वितरण गर्ने कार्यक्रम पनि आयोजना गरिएको पुडासैनीले जानकारी दिए । पुडासैनीका अनुसार त्यहाँका स्थानीयलाई एभोकाडो, किबी लगायतका फलफुलका बिरुवाहरु वितरण गरिनेछ । साथै थानाभर्याङबाट डाङडाङेतर्फ आउने बाटोको वरिपरि पनि गुलमोहर, ज्याकरन्दाजस्ता बोटबिरुवा रोप्ने अभियान समेत रहेको पुडासैनीले जानकारी दिएका छन् ।
Read More
हेटौँडामा मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई र शुभकामना कार्यक्रम

हेटौँडामा मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई र शुभकामना कार्यक्रम

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले आफ्नो पार्टीबाट बागमती प्रदेश सरकारमा नियुक्त भएका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बधाई ज्ञापन गरेको छ । पार्टीले बुधबार बिहान प्रदेश राजधानी हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका तर्फबाट बागमतीको मुख्यमन्त्रीमा नियुक्त बहादुरसिंह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथ शुभकामना ज्ञापन गरेको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा बागमतीका नवनियुक्त मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे…
Read More
बागमती प्रदेशमा द्रुत प्रतिकार्य टोली गठन

बागमती प्रदेशमा द्रुत प्रतिकार्य टोली गठन

मकवानपुर । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले द्रुत प्रतिकार्य टोली (क्वीक रेस्पोन्स टीम–क्युआरटी) गठन गरेको छ । मुख्य प्रदेश लोकमार्ग तथा प्रदेश मार्गहरु सक्रिय मनसुनजन्य तथा अन्य प्राकृतिक विपदका कारणबाट आपतकालीन आवागमन र न्युनतम सुचना प्रवाह तथा समन्वयको अभावले प्रदेशवासीसहितका जनसमुदायले सास्ती खेप्नुपरेको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले क्युआरटी गठन गरेको मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए । बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै सचिव श्रेष्ठले टोलीमा १ जना संयोजक र ४ जना सदस्यसहित गरी ५ जनाको रहेको बताएका छन् । यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुष्कर प्रसाद पोखरेलको संयोजकत्वमा टोली गठन भएको हो । सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, विपद…
Read More
हेटौँडाको खोपेगल्लीमा विद्यूत तारमा आगलागी

हेटौँडाको खोपेगल्लीमा विद्यूत तारमा आगलागी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ खोपेगल्लीमा विद्यूत तार सर्ट भई आगलागी भएपछि अहिले त्यस क्षेत्रमा विद्यूत अवरुद्ध भएको छ । दिउँसो करिब १ बजेको समयमा विद्यूत पोल नजिकै भएको तारमा आगलागी भएको हो । खोपेगल्ली स्थित रेडियो अनमोल तथा दाजुभाई बेकरी भवन नजिकैको पोलमा रहेको तारमा आगलागी भएको हो । आगलागी हुँदा विद्यूतको ईलेक्ट्रिक फोहोरा समेत देखिएको थियो । विद्यूतको ईलेक्ट्रिक फोहोरा र विष्फोटनको आवाजले त्यस क्षेत्रका बासिन्दा त्रसित भएका थिए । त्यस पश्चात पनि लामो समयसम्म विद्यूत लाईन नकाटिएकोले ठूलो दुर्घटनाको समेत डर रहेको थियो । हाल विद्यूत प्राधिकरण तथा स्थानीयको रोहबरमा तार फेर्ने काम भईरहेको छ…
Read More
मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्य रहेको बागमती प्रदेश सभामा मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्य मध्ये मुख्यमन्त्री लामाले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको थियो । विश्वासको मतका लागि भएको मतदानमा ३ जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।
Read More
‘योगदान राष्ट्रको लागि’ को हेटौँडा नगर कमिटी गठन

‘योगदान राष्ट्रको लागि’ को हेटौँडा नगर कमिटी गठन

मकवानपुर । ‘योगदान राष्ट्रको लागि’ संस्थाको हेटौंडा नगर कमिटी गठन गरिएको छ । सोमबार हेटौंडा–५ स्थित सिटी कलेज मकवानपुरको सभाहलमा आयोजित भेलाले बेलप्रसाद खतिवडालाई संयोजक र सफल दुतराजलाई उपसंयोजकमा चयन गरेको हो । योगदान राष्ट्रका लागि मकवानपुरका अध्यक्ष पदम प्रसाद (मिलन) सेढाईको अध्यक्षता र योगदान राष्ट्रका लागि केन्द्रीय सदस्य एवं मकवानपुरका पूर्व अध्यक्ष रुपक कालिराजको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका उपाध्यक्ष विजय बजगाईंले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै सचिव मनिष अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । योगदान राष्ट्रका लागि मकवानपुरका सल्लाहकार, आजीवन सदस्य, जिल्ला सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, योगदानकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।…
Read More
दिव्य सेवा निकेतनमा सम्मान तथा खिर खुवाउने कार्यक्रम सम्पन्न

दिव्य सेवा निकेतनमा सम्मान तथा खिर खुवाउने कार्यक्रम सम्पन्न

मकववानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित दिव्य सेवा निकेतन आश्रममा ज्येष्ठ नागरिक सम्मान तथा खिर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । आज कालिकामार्ई टोल विकास आमा समुह हेटौडा–८ को आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा आश्रमका केन्द्रिय सदस्य केदार न्यौपाने, टोल विकास सँस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे तथा टोल विकास सदस्य, आमा समुह सदस्य, निलगिरी बाल समुहका सह–संरक्षक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम कालिकामार्इ टोल विकास आमा समुहको अध्यक्ष रेणुका खड्काको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
Read More
बागमतीको पाँचपाण्डवमा स्कारपियो दुर्घटना हुँदा एक गम्भीर घाईते

बागमतीको पाँचपाण्डवमा स्कारपियो दुर्घटना हुँदा एक गम्भीर घाईते

मकवानपुर । बागमती गाउँपालिका वडा नम्बर ४ पाँचपाण्डवको बागमती पुल नजिक आज बिहान स्कारपियो दुर्घटना भएको छ। सिन्धुलीबाट हेटौंडातर्फ जाने क्रममा मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल नजिक उक्त स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको चालक दिपक परियारले बताएका छन् । बिहान करिब ७ः५० बजे बागमती प्रदेश बि ए डी ७३४६ नम्बरको कालो रङको स्कारपियो दुर्घटना भएको हो । स्कारपियोमा ५ जना सवार थिए । दुर्घटनामा परि चालक उदयपुर जिल्ला कटारी नगरपालिका ४ निवासी वर्ष ३६ को दिपक परियार, कटारी नगरपालिका निवासी वर्ष ५३ को राजिव थापा, वर्ष ४७ को पुष्पा थापा र मोरङ जिल्ला बिराटनगर महानगरपालिका वडा नम्बर १६ निवासी…
Read More
हेटौँडा ११ मा ज्योति पुस्तकालय संचालन

हेटौँडा ११ मा ज्योति पुस्तकालय संचालन

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरको शान्ति चोकमा पुस्तकालय संचालन गरिएको छ । उज्यालो भविस्य नामक संस्थाद्वारा ज्योति पुस्तकालय संचालन गरिएको हो । संस्थाका अध्यक्ष विशाल जिम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहालले पुस्तकालयको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष दाहालले शिक्षा नै परिवर्तनको बाटो भएको बताईन् । कार्यक्रममा वडा सदस्य सन्जय बिडारी, विकास नेपाल, शान्ति चोक टोल विकास संस्थाका कमल सेन्चुरी लगायतको आतिथ्यता रहेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.