समाचार

‘सचेत नागरिक, स्वस्थ समाज’: लागुऔषधविरुद्धको ३ महिने अभियान सम्पन्न

‘सचेत नागरिक, स्वस्थ समाज’: लागुऔषधविरुद्धको ३ महिने अभियान सम्पन्न

हेटौँडा । “सचेत नागरिक, स्वस्थ समाज, लागुऔषधविरुद्धको ३ महिने अभियान” अन्तर्गत आयोजित युवा बहस तथा सचेतना कार्यक्रमको समापन गरिएको छ। सियान रिह्याबिलिटेसन सेन्टरको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। सियान रिह्याबिलिटेसन सेन्टर हेटौँडा-९ का अध्यक्ष मन क्षेत्रीको सभाध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपालमा तीव्र गतिमा लागुऔषध प्रयोगकर्ता बढिरहेकामा चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार, नेपालमा हाल १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन्। नेपाल सरकारले सन् २०३० सम्ममा यो संख्या आधा घटाउने लक्ष्य लिएको उहाँले जानकारी…
Read More
विश्व वातावरण दिवसका अवसरमा पाथीभरा मन्दिर जाने बाटोमा वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा पाथीभरा मन्दिर जाने बाटोमा वृक्षारोपण

हेटौँडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौँडा उपमहानगरपालिका-१ स्थित पाथीभरा मन्दिर जाने बाटोमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा-११ को समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर जाने बाटोको दायाँ-बायाँ विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए। कार्यक्रममा बोल्दै समन्वय समितिका प्रतिनिधिहरूले वातावरण दिवस केवल औपचारिकतामा मात्र सीमित नराखी, रोपिएका बिरुवाहरूको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
Read More
८२ वर्षको उमेरमा पनि सक्रिय गणेशबहादुर: काम गर्नेलाई उमेरले छेक्दैन

८२ वर्षको उमेरमा पनि सक्रिय गणेशबहादुर: काम गर्नेलाई उमेरले छेक्दैन

हेटौँडा । मकवानपुरको आग्रा, भोर्लेमा जन्मिएका गणेशबहादुर विश्वकर्मा ८२ वर्षको उमेरमा पनि निरन्तर आफ्नो कर्ममा सक्रिय हुनुहुन्छ। ८ दशक नाघिसक्दा पनि उहाँको कामप्रतिको लगाव युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। कृष्णबहादुर र तुलसी विश्वकर्माका जेठा सन्तानका रूपमा जन्मिनुभएका विश्वकर्मा अहिले पनि हेटौँडा-११, सिमल्टारस्थित आफ्नै घरको आरनमा हँसिया, कचिया, तरबार, बन्चरो, कोदालो, चुलेसी र खुकुरीलगायतका औजारहरू आफैँ बनाउनुहुन्छ। 'रसैली बा' का नामले परिचित उहाँले केही समयअघि ढलौट, पित्तलका गाग्री र सिल्भरका कढाई बनाउने कारखानासमेत सञ्चालन गरी २० जनालाई रोजगारी दिनुभएको थियो। उहाँले सिकाएको सीपबाट धेरैले अहिले पनि रोजगारी गरिरहेका छन्। परम्परागत आरन पेसालाई फोहोरी काम भन्दै धेरैले छाडेकोमा उहाँलाई चिन्ता लाग्छ।…
Read More
समृद्ध हेटौंडाको खाका कोर्न ‘समृद्ध हेटौंडा बहस’ सम्पन्न

समृद्ध हेटौंडाको खाका कोर्न ‘समृद्ध हेटौंडा बहस’ सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले समृद्ध हेटौंडा बहस गर्दै हेटौंडाको विकास, सुशासन, उद्यमशीलता तथा आवासीय सहर निर्माणका विविध विषयमा व्यापक छलफल गरेको छ । एक दिवसीय कार्यक्रमअन्तर्गत् विभिन्न क्षेत्रका जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरुको सहभागितामा बहस भएको हो । कार्यक्रमअन्तर्गत् पहिलो सत्रमा स्थानीय सरकारः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा विषयमा बहस सञ्चालन भएको छ । उक्त सत्रमा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, भीमफेदी गाउ“पालिका अध्यक्ष हिदम लामा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सहभागी भइ स्थानीय तहको अनुभव, चुनौती र भावी कार्यदिशाबारे धारणा राखेका थिए । बहसमा स्थानीय सरकारप्रति नागरिकका बढ्दो अपेक्षा, सेवाप्रवाहमा पारदर्शिता, सुशासन प्रवद्र्धन, विकास…
Read More
हेटौँडा-४ मा ‘भान्सा नै औषधालय’ सम्बन्धी सचेतना कार्यक्रम

हेटौँडा-४ मा ‘भान्सा नै औषधालय’ सम्बन्धी सचेतना कार्यक्रम

हेटौँडा । विश्व वातावरण दिवस-२०८३ को अवसरमा हेटौँडा उपमहानगरपालिका-४ मा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक तथा राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोगहरू नियन्त्रण गर्न स्वस्थ…
Read More
विश्व वातावरण दिवसका अवसरमा हेटौँडा-११ मा र्याली तथा सम्मान

विश्व वातावरण दिवसका अवसरमा हेटौँडा-११ मा र्याली तथा सम्मान

हेटौँडा । ५४ औँ विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा हेटौँडा-११ मा र्यालीसहितको विशेष कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा-११, थानाभर्याङस्थित यातायात कार्यालयबाट सुरु भएको र्याली नवलपुर पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो। उक्त कार्यक्रममा हेटौँडा-११ का १५ वटा टोल विकास संस्थाले सहभागिता जनाएका थिए। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने टोल विकास संस्थाहरूलाई पुरस्कृत गरिएको थियो भने वातावरण संरक्षणमा योगदान पुर्‍याउने पत्रकारद्वय गोविन्दप्रसाद न्यौपाने र चन्द्र विष्टलाई सम्मान गरिएको थियो। टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा-११ को आयोजना तथा वडा कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रमको सभाध्यक्षता वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यले गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो।…
Read More
डान्स मेरो मनको सेमिफाइनल आउँदो २४ गते

डान्स मेरो मनको सेमिफाइनल आउँदो २४ गते

हेटौंडा । हेटौंडा–४ स्कुलरोडमा रहेको ड्रिम्स म्युजिक स्कुलले सञ्चालन गरेको डान्स मेरो मनको जुनियर सिजन–१ को सेमिफाइनल हुने भएको छ । जेष्ठ २४ गते आइतबार सेमिफाइनल हुने भएको हो । कुल जना जुनियर डान्सरहरुबाट ३० जना सेमिफाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनलमा प्रवेश गरेकाहरुको हाल भोटिङ राउन्ड चलिरहेको छ । फेसबुक पेजमा रहेको डान्स मेरो मनमा गएर आफूलाई मनपरेको डान्सलाई भोट गर्न सकिने आयोजकले जनाएको छ । सेमिफाइनलमा प्रवेश गरेकाहरुमध्ये १५ जना फाइनल राउण्डमा पुग्नेछन् । आउँदो असार २० गते हेटौंडामा हुने फाइनल राउण्डबाट विजेता घोषणा गरिने ड्रिम्स स्कुलका सञ्चालक अनन्त खुलालले जानकारी दिए । उनका अनुसार प्रथम हुनेलाई नगद…
Read More
टिष्टुङ रिसोर्टमा स्वीमिङ पुल सञ्चालन: पर्यटकीय आकर्षण थपिँदै

टिष्टुङ रिसोर्टमा स्वीमिङ पुल सञ्चालन: पर्यटकीय आकर्षण थपिँदै

मकवानपुर । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको साथै अब स्वीमिङको मज्जा लिन पाइने भएको छ । फराकिलो परिसर भएको टिष्टुङ रिसोर्टमा १६ जेठमा एक कार्यक्रमकाबीच स्वीमिङ पुलको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख तथा विशेष अतिथी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने र होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले संयुक्त रुपमा स्वीमिङ पुलको उद्घाटन गरेका हुन् । प्राकृतिक मनोरमताको साथै काठमाण्डौबाट नजिक रहेको थाहा नगरपालिका वडा नम्बर ६ स्थित टिष्टुङ रिसोर्टमा पर्यटकहरुका लागि स्वीमिङ पुल अर्को आकर्षणको केन्द्र भएको पर्यटन बोर्ड गण्डकीका प्रमुख लामिछानेले बताए । चित्लाङ, टिष्टुङ (हाल बज्रवाराही…
Read More
पेट्रोलियम विक्रेतासङ्घको अध्यक्षमा इटेनी निर्विरोध निर्वाचित

पेट्रोलियम विक्रेतासङ्घको अध्यक्षमा इटेनी निर्विरोध निर्वाचित

हेटौँडा । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको अध्यक्षमा उत्सव इटेनी निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार हेटौँडामा सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा अधिवेसनले इटेनीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराइ, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचविमा उत्तम खड्का र कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित हुनुभएको छ । साथै सङ्घको कार्यसमिति सदस्यहरुमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी, मनोजकुमार शाह निर्वाचित हुनुभएको छ भने पदेन सदस्यमा किशोर शर्मा कंडेल रहनुभएको छ । पत्रकार दाहाल र विष्ट सम्मानित नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि दाहाललाई सम्मान गरेको छ ।…
Read More
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक

हेटौँडा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको घोषणा गर्नुभयो। ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमानसहित सार्वजनिक गरिएको यस बजेटमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ। भौतिक पूर्वाधार र यातायात सरकारले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्र र २ सयवटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री वाग्लेले पूर्व–पश्चिम राजमार्ग चार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.