एकीकृत समाजवादी मकवानपुरको उपाध्यक्षमा भुजेल चयन

हेटौँडा । नेकपा एकीकृत (समाजवादी) को मकवानपुर जिल्ला उपाध्यक्ष पदमा धुर्बकुमार भुजेल सर्वसम्मत चयन भएका छन् । उनले जिल्ला सचिवको पदमा रहि काम गर्दै आएका थिए ।

बैशाख १८ गते हेटौंडामा बसेको जिल्ला कमिटीको म्यान्डेट अनुसार आइतबार जिल्ला पार्टी कार्यालय हेटौंडा ४ मा बसेको जिल्ला कमिटीको बैठकले केहि पदाधिकारीहरुलाइ पदोन्नति गरेको हो । यसैक्रममा उपसचिव पदमा रहेका किशोर बर्तौलालाई सचिव पदमा चयन गरिएको छ । उपसचिवमा गीता कडेरिया मैनाली चयन भएकी छिन् ।

पार्टी अध्यक्ष बिष्णु दाहालको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीहरु चयन गरेको हो । बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलको प्रमुख आतिथ्यतामा र पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तान, रामचन्द्र बल, प्रदेश सदस्य माधव तिमल्सिना, कृष्णराम चेपाङ लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.