समाचार

राक्सिराङ गाउँपालिकालाई एकीकृत समाजवादीको ज्ञापन पत्र

राक्सिराङ गाउँपालिकालाई एकीकृत समाजवादीको ज्ञापन पत्र

मकवानपुर । नेकपा एकीकृत (समाजवादी) राक्सिराङ्ग गाउँ कमिटीले राक्सिराङ्ग गाउँपालिकासँग विभिन्न किसिमको मागहरू राख्दै ज्ञापन पत्र बुझाएको छ । पार्टीका गाउँ कमिटी आध्यक्ष सागर चेपाङले गाउँपालिका उपाध्यक्ष बनस्तम थिङलाई ज्ञापन पत्र बुझाएका हुन् । पार्टीका प्रदेश सदस्य किशोर ब्लोन (नियोग) को प्रमुख आतिथ्यता तथा गाउँ कमिटी सदस्य दिलबहादुर चेपाङको उपस्थितिमा कार्यक्रम भएको हो । किसानले कृषिको लागि बीउ, मल सहजै पाउने वातावरण मिलाउनुपर्ने, ढुङ्गा , गिट्टी , बालुवा अबैध चोरी बन्द गराउनुपर्ने, गाउँमै उत्पादन भएको खाद्यान्न लगायत अरु चिजबिजको सजिलै बजार व्यवास्थापन गर्नुपर्ने लगायतका २० बुँदे माग राख्दै ज्ञापन पत्र बुझाइएको हो । गाउँपालिका उपाध्यक्ष थिङले ज्ञापनपत्रप्रति सकरात्मक रहेको भन्दै…
Read More
गाडी फेला नपरेपछि भूगर्भविद् टोली स्थलगत अध्ययन सकेर फर्कियो

गाडी फेला नपरेपछि भूगर्भविद् टोली स्थलगत अध्ययन सकेर फर्कियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमास्थित गैरीगाउँको भित्री सडक खण्डमा गत शुक्रबार साँझ माटोसहित भासिएको गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागको टोली प्रारम्भिक अध्ययन सकेर फर्किएको छ। भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा गएको टोली बुधबार दिउँसो काठमाडौं फिर्ता भएको हो। टोलीले मंगलबारदेखि घटनास्थलको जमिनको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। यद्यपि, गाडी भासिएको स्थान वरपरको जमिन समेत क्रमशः भासिन थालेपछि टोलीले थप जोखिम हुनसक्ने भन्दै अध्ययन स्थगित गरेको भूगर्भविद अधिकारीले जानकारी दिनुभयो। अध्ययन स्थगित, ल्याब परीक्षणपछि दोस्रो चरणको तयारी टोलीले संकलन गरेको माटोको नमुना र अन्य तथ्यहरू ल्याबमा परीक्षण गरेपछि मात्र दोस्रो…
Read More
बागमती प्रदेशमा प्रदेश भाषा दिवस विशेष समारोहसहित सम्पन्न

बागमती प्रदेशमा प्रदेश भाषा दिवस विशेष समारोहसहित सम्पन्न

हेटौँडा — बागमती प्रदेश सरकारले प्रदेश भाषा दिवस २०८२ विशेष समारोहका साथ मनाएको छ। नेपाल भाषा (नेवाः) र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजमा प्रयोग गर्न थालिएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते यो दिवस मनाइन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा तथा नेपाल तामाङ घेदुङ र नेवाः दबूको सहकार्यमा हेटौंडा–४ हुप्राचौरबाट प्रभातफेरी निकाल्दै कार्यक्रम सुरु गरिएको थियो। विविध सांस्कृतिक झाँकीसहितको प्रभातफेरी हेटौंडा बजार परिक्रमा गर्दै रोयल पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री बहादुर सिंह लामाले भाषामा सबै समुदायको अपनत्व हुनु आवश्यक रहेको बताए। उनले भाषिक विविधताका कारण उत्पन्न हुने द्विविधा हटाउन प्रदेश…
Read More
एकीकृत समाजवादीले हेटौडा नगर प्रमुख समक्ष २६ बुँदे सुझावसहित ज्ञापनपत्र बुझायो

एकीकृत समाजवादीले हेटौडा नगर प्रमुख समक्ष २६ बुँदे सुझावसहित ज्ञापनपत्र बुझायो

हेटौंडा, २३ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीले देशको विद्यमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको समिक्षासहित नगर प्रमुख मिना कुमारी लामालाई २६ बुँदे सुझावपत्र पेश गरेको छ। सोमबार हेटौंडामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय समिति सल्लाहकार यादव गजुरेल, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिव ध्रुव भुजेल, प्रदेश समिति सदस्य, नगर कमिटीका पदाधिकारीसहितको टोलीले नगर प्रमुख लामा समक्ष ज्ञापनपत्र बुझाएका हुन्। सुझावपत्रमा जनताको अस्पतालको सुधार, फोहोर व्यवस्थापन, २५ मिटर सडकको निर्माण, लागुऔषध नियन्त्रण, युवाका लागि स्वरोजगार कार्यक्रम सञ्चालन, “एक व्यक्ति = एक अवसर = एक सिप” कार्यक्रमको विस्तार, आर्थिक पारदर्शिता लगायतका विषयमा विशेष जोड दिइएको छ। पार्टीले यी प्रस्तावहरूलाई…
Read More
हेटौंडाको गैरीगाउँमा भासिएको गाडीको सम्भावित स्थान पत्ता लाग्यो

हेटौंडाको गैरीगाउँमा भासिएको गाडीको सम्भावित स्थान पत्ता लाग्यो

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा गत शुक्रबार जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान पत्ता लागेको छ। भूगर्भविद् कृष्ण पाण्डेको टोलीले "प्रोटोन म्याग्नेटोमिटर" नामक उपकरण प्रयोग गरी गाडी भएको आशंकित क्षेत्र पहिचान गरेको हो। गाडीमा प्रयोग हुने चुम्बकीय सामग्रीको आधारमा जमिनमुनि चुम्बकीय प्रतिक्रिया खोज्ने उक्त प्रविधिबाट गाडी भासिएको स्थानको केही पूर्वतर्फ तीव्र संकेत देखिएको भूगर्भविद् पाण्डेले जानकारी दिए। "तीव्र चुम्बकीय प्रतिक्रिया देखिएको स्थानमै गाडी हुनसक्ने प्रबल सम्भावना देखिएको छ," पाण्डेले भने, "अब गहिराइ कति छ भन्ने पत्ता लगाउन अर्को विशेष उपकरण प्रयोग गरिरहेका छौं।" उक्त गाडी घाँस काट्ने मेसिन लोड गरिरहेका बेला अचानक जमिन भासिएर माटोमा पुरिएको…
Read More
हेटौँडामा गाडी भासिएको घटना: खानी तथा भूगर्भ विभागको टोलीद्वारा अध्ययन सुरु

हेटौँडामा गाडी भासिएको घटना: खानी तथा भूगर्भ विभागको टोलीद्वारा अध्ययन सुरु

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १६ गैरीगाउँमा गाडी भासिएर बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको प्राविधिक टोली घटनास्थलमा पुगेको छ। मंगलबार बिहान हेटौंडा आइपुगेको चार सदस्यीय भूगर्भविदहरूको टोलीले भौगोलिक अवस्था, माटोको बनोट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रको विषयमा अध्ययन सुरु गरेको हो। विभागका भूगर्भविद नारायण अधिकारीका अनुसार टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी सो स्थानको चुम्बकीय क्षेत्र र भूगर्भीय एनोमली (पदार्थको असमानता) अध्ययन गर्नेछ। गत शुक्रबार गैरीगाउँको भित्री सडकमा ना. ४ च ४८३३ नम्बरको बोलेरो गाडी माछा बोकेर रोकिने क्रममा एक्कासी अगाडिको पांग्रा भासिएको थियो। गाडी निकाल्ने प्रयास भइरहँदा जमिन अझ बढी भासिँदै गाडी पूर्ण रूपमा…
Read More
हेटौँडा बसपार्कबाट एक महिला पक्राउ

हेटौँडा बसपार्कबाट एक महिला पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट ३० किलो लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले विशेष सूचनाको आधारमा आज बिहान १० बजे लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ गइरहेको बा.प्र.०३–०१ ज ९७४ नम्बरको ईभी गाडी जाँच गर्दा लागुऔषध बरामद भएको हो। गाडीमा सवार चितवनको राप्ती नगरपालिका–८, खुरखुरे बस्ने करिब ३० वर्षीया लालमाया तामाङको साथबाट प्रहरीले ३० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार गाडीको छतमा रहेको जेब्रा झोलाभित्र लुकाइ राखिएको तीन वटा पोका खोलेर जाँच गर्दा गाँजा भेटिएको हो। प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको नेतृत्वमा खटिएको टोलीले लागुऔषध…
Read More
नेपालको राजनीति डामाडोल अवस्थामा रहेको पूर्व उपराष्ट्रपति पुनको दाबी

नेपालको राजनीति डामाडोल अवस्थामा रहेको पूर्व उपराष्ट्रपति पुनको दाबी

हेटौँडा । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको राजनीति डामाडोल अवस्थामा पुगेको बताएका छन्। सोमबार हेटौँडामा आयोजित वाईसिएल (यंग कम्युनिस्ट लिग) मकवानपुरको पाँचौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार संख्या अनुसार दुई-तिहाई बहुमतमा रहेपनि सुशासन कायम गर्न असफल भएको टिप्पणी गरे। उपाध्यक्ष पुनले सरकारकै गतिविधिका कारण दलाल पुँजीपतिहरूको मनोबल उच्च भएको आरोप लगाए। उनले भने, "भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको सट्टा सरकारले संरक्षण गरिरहेको छ।" उनले देशको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै केही अदृश्य शक्तिहरूले राज्यका संयन्त्रहरूलाई घेराबन्दी गरी अर्थतन्त्रलाई ध्वस्त पारेको आरोप लगाए। संविधान, सरकार, न्यायपालिका लगायतका संरचनामा ती शक्तिहरूको सञ्जाल फैलिएको पुनको…
Read More
“राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन बाँकी छ”-पूर्वराष्ट्रपति भण्डारी

“राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन बाँकी छ”-पूर्वराष्ट्रपति भण्डारी

हेटौंडा ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक परिवर्तन ऐतिहासिक भए पनि आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको बताउनु भएको छ। शनिबार हेटौँडामा आयोजित मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा मकवानपुरको चौथो वार्षिक साधारणसभामा बोल्दै पूर्वराष्ट्रपतिले सामाजिक र आर्थिक रूपान्तरणको कार्यभार अझै पूरा हुन नसकेको धारणा राख्नु भयो। उहाँले जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचार– “राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ” – सबै राजनीतिक दलले आत्मसात् गर्नुपर्ने बताउनुभयो। भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ नेपाली समाजको मौलिकता झल्काउने राजनीतिक सिद्धान्त भएको उल्लेख गर्दै उहाँले जबजले समाजवादको दिशामा देशलाई अघि बढाएको बताउनुभयो। भण्डारीका अनुसार २०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचना…
Read More
हेटौँडामा ‘होटल पशुपति इन’ को उद्घाटन

हेटौँडामा ‘होटल पशुपति इन’ को उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडामा रहेको होटल पशुपति इनको उद्घाटन गरिएको छ । होटलको उद्घाटन मकवानपुर होटल एशोसिएशनका अध्यक्ष दिलिसगोविन्द जोशीले रिवन काटेर गरेका हुन् । हेटौंडा ४ नम्बर वडास्थित पशुपति मन्दिरको सभाहल अगाडि रहेको होटलमा ५ करोड रुपैयाँ लगानी भएको होटलका संचालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । एसी तथा नन एसी गरि १२ वटा कोठा रहेको ३ तले होटलमा एउटा फ्ल्याटमा रेष्टुरेन्ट र एउटा मिटिङ्ग हलको सुबिधा पनि भएको संचालक श्रेष्ठले बताए । ‘‘हामीले ग्राहकलाई सुबिधा मिलोस भनेर एसीवाला रुमको १५०० , डिलक्सको १२००, नर्मल रुमको १००० रुपैयाँ एक दिनको बासको लागि लागत राखेका छौँ’’–श्रेष्ठले भने ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.