हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडामा रहेको होटल पशुपति इनको उद्घाटन गरिएको छ । होटलको उद्घाटन मकवानपुर होटल एशोसिएशनका अध्यक्ष दिलिसगोविन्द जोशीले रिवन काटेर गरेका हुन् ।
हेटौंडा ४ नम्बर वडास्थित पशुपति मन्दिरको सभाहल अगाडि रहेको होटलमा ५ करोड रुपैयाँ लगानी भएको होटलका संचालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । एसी तथा नन एसी गरि १२ वटा कोठा रहेको ३ तले होटलमा एउटा फ्ल्याटमा रेष्टुरेन्ट र एउटा मिटिङ्ग हलको सुबिधा पनि भएको संचालक श्रेष्ठले बताए ।
‘‘हामीले ग्राहकलाई सुबिधा मिलोस भनेर एसीवाला रुमको १५०० , डिलक्सको १२००, नर्मल रुमको १००० रुपैयाँ एक दिनको बासको लागि लागत राखेका छौँ’’–श्रेष्ठले भने । आफ्नै घर भएकोले भाडा नपर्ने बरु त्यो रकम ग्राहकको सुबिधाको लागि खर्चिने श्रेष्ठले बताए ।
कार्यक्रममा एसोसिएसनका महासचिव हरि गोपाल सापकोटा, घरजग्गा ब्यवसायी संघ मकवानपुरका अध्यक्ष कमल मैनाली, शसत्र प्रहरी १४ नम्बर गण हेटौंडाका पुर्व डिएसपी तथा पुर्व शसस्त्र प्रहरी जिल्ला संघका उपाध्यक्ष प्रकाश बुढाथोकी, सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० बसपार्कका अध्यक्ष प्रदिप कँडेल, समृद्ध समाज राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक सुरेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।