२०८२ बैशाख २०, शनिबार २१:४५ गते
२०८२ बैशाख २०, शनिबार २१:४५ गते
हेटौंडा ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक परिवर्तन ऐतिहासिक भए पनि आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको बताउनु भएको छ। शनिबार हेटौँडामा आयोजित मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा मकवानपुरको चौथो वार्षिक साधारणसभामा बोल्दै पूर्वराष्ट्रपतिले सामाजिक र आर्थिक रूपान्तरणको कार्यभार अझै पूरा हुन नसकेको धारणा राख्नु भयो। उहाँले जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचार– “राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ” – सबै राजनीतिक दलले आत्मसात् गर्नुपर्ने बताउनुभयो। भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ नेपाली समाजको मौलिकता झल्काउने राजनीतिक सिद्धान्त भएको उल्लेख गर्दै उहाँले जबजले समाजवादको दिशामा देशलाई अघि बढाएको बताउनुभयो। भण्डारीका अनुसार २०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचना…