समाचार

समाजवादी पार्टीको ज्ञापन पत्र: हेटौंडा अस्पताल स्वतन्त्र पार्न र सुशासन कायम गर्न माग

समाजवादी पार्टीको ज्ञापन पत्र: हेटौंडा अस्पताल स्वतन्त्र पार्न र सुशासन कायम गर्न माग

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटि र मकवानपुर जिल्ला कमिटिले आज बागमती प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई समसामयिक राजनीतिक, सामाजिक र आर्थिक विषयवस्तु उठाउँदै १४ बुँदे ज्ञापनपत्र बुझाएको छ। पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा बागमती प्रदेश कमिटीले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो। मुख्यमन्त्रीको तर्फबाट अर्थमन्त्री कुन्दनराज काफ्लेले ज्ञापनपत्र ग्रहण गरे। समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष भीमप्रसाद दाहालले ज्ञापन पत्र बुझाएका हुन् । कार्यक्रममा प्रदेश सचिव एल.पी. श्रेष्ठ, पोलिटब्यूरो सदस्य मुनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमार लामा, यादव गजुरेल, प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष विष्णु दाहाल लगायतका नेताहरूको उपस्थिति…
Read More
हेटौंडामा मजदुर दिवसको उपलक्ष्यमा रक्तदान

हेटौंडामा मजदुर दिवसको उपलक्ष्यमा रक्तदान

हेटौंडा । हेटौंडामा रक्तदान कार्यक्रम गरि बिश्व मजदुर दिवस मनाइएको छ । एकीकृत ट्रेडयुनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरले हेटौंडा १० स्थित बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरका अध्यक्ष दिपक बस्नेतको सभाध्यक्षता र एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादीका केन्द्रिय इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रम मा १९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामा , नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य यादव गजुरेल , जिल्ला इन्चार्ज मुनु सिग्देल , जिल्ला अध्यक्ष बिष्णु दाहाल लगायत नेताहरूको उपस्थिति रहेको थियो । यसैगरी ब्लड डोनर्स एशोसिएसन नेपाल मकवानपुर शाखाले…
Read More
सञ्चारमैत्री बजेट निर्माण गर्न सरकारलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आग्रह

सञ्चारमैत्री बजेट निर्माण गर्न सरकारलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आग्रह

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार माग पत्र बुझाएको छ । ‘बागमती प्रदेश सरकार गठन देखी नै सञ्चार क्षेत्रको हीत र प्रवद्र्धनमा सरकारले गर्दै आएको सहकार्य र सहयोग प्रति आभार व्यक्त गर्दछौं,’ माग पत्रमा उल्लेख छ, ‘अघिल्लो वर्षहरुको बजेटमा प्रदेश सरकारको कूल बजेटको शुन्य दशमलव २० प्रतिशत भन्दा न्यून बजेट मात्र सञ्चार क्षेत्रमा विनियोजन हुनु दुःखद् कुरा हो । त्यसैले आगामी आर्थिक वर्षको बजेट सञ्चारमैत्री बनाईदिनु हुन…
Read More
थानाभर्याङबाट लागूपदार्थसहित एक जना पक्राउ

थानाभर्याङबाट लागूपदार्थसहित एक जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङस्थित एक घरबाट लागूपदार्थसहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ठाकुर सिँ मोक्तानको घरमा छापा मारेर उक्त परिमाणमा लागूपदार्थ बरामद गरेको हो। प्रहरीका अनुसार खानतलासीको क्रममा मोक्तानको शयनकक्षमा रहेको खाटमुनि लुकाइराखिएको अवस्थामा ३ किलो ८६० ग्राम अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो। पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। प्रहरीले मोक्तानलाई घटनास्थलबाट नियन्त्रणमा लिई लागूपदार्थ सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ। उनलाई मकवानपुर जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति लिई हिरासतमा राखी अनुसन्धान भइरहेको छ।
Read More
बाख्रे गाउँमा आगलागीले थोकरको घर जलेर नष्ट

बाख्रे गाउँमा आगलागीले थोकरको घर जलेर नष्ट

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका गाउँपालिका वडा नम्बर ७ बाख्रे गाउँमा आगलागीबाट एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। आगलागी सगर थोकरको घरमा भएको हो। घटनाको जानकारी पाएपछि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहितको टोली घटनास्थलमा पुगेर तत्काल राहत सामाग्री वितरण र अस्थायी बसोबासको व्यवस्था मिलाएका छन्। अध्यक्ष घलानले आगलागीपछिको अवस्था बुझेर पीडित परिवारलाई तत्कालका लागि आवश्यक सहयोग पुर्‍याइएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। आगलागी हुनुको कारण र क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। स्थानीयवासीको समन्वयमा आगो नियन्त्रणमा लिइएको थियो।
Read More
हेटौंडामा किशोरी संवाद कार्यक्रम सम्पन्न

हेटौंडामा किशोरी संवाद कार्यक्रम सम्पन्न

हेटौंडा । हेटाैंडा उपमहानगरपालिकामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुसँग विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ। महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा भएको उक्त 'किशोरी संवाद' कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले सहभागी किशोरीहरूले उठाएका विभिन्न जिज्ञासाहरूको उत्तर दिँदै भोलिका दिनमा उनीहरूले भोग्नुपर्ने सम्भावित समस्याप्रति सजग रहन सुझाव दिनुभयो। उहाँले किशोरी अवस्थालाई सुरक्षित र आत्मविश्वासी बनाउन आवश्यक उपायहरू अवलम्बन गर्न पनि प्रेरित गर्नुभयो। कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायतको पनि उपस्थिति रहेको थियो। किशोरीहरूको सवाल-जवाफ र खुला छलफलमार्फत उनीहरूको आवाज सुन्ने र भविष्यमा नीति निर्माणमा सहभागी गराउने उद्देश्यले कार्यक्रम…
Read More
पदमपोखरीका जनकलाल वाईबाको उपचारका लागि सहयोग संकलन

पदमपोखरीका जनकलाल वाईबाको उपचारका लागि सहयोग संकलन

हेटौंडा । साउदी अरबको आभास्थित फिदाक रोड कन्स्ट्रक्सन कम्पनीमा कार्यरत हेटौंडा–१३ पदमपोखरी निवासी जनकलाल वाईबा कार्यस्थलमा दुर्घटनामा परेपछि उपचार खर्च जुटाउन हेटौंडाका युवाहरूले सहयोग संकलन गरेका छन्। स्थानीय अनिल बसेलसहितका युवाहरूको टोलीले हेटौंडाका विभिन्न चोक, चौतारा र सडकमा सांगीतिक प्रस्तुतीमार्फत आर्थिक संकलन गर्दै रु २५,००० (पच्चिस हजार रुपैयाँ) जुटाएका हुन्। संकलित रकम जनक लाल वाइबाको घरमै पुगी उनकी श्रीमती कृष्णमाया वाइबालाई हस्तान्तरण गरिएको बसेलले बताए । सहयोग संकलन कार्यक्रममा स्थानीय गायक दिलिप लामा स्याङ्तानले सांगितिक प्रस्तुति दिईरहेका छन् । वाइबाको स्वास्थ्य अवस्था जटिल रहेको र पूर्ण रूपमा निको हुन अझै केही महिना लाग्ने श्रीमती कृष्णमायाले जानकारी दिएकी छिन्। सहयोगी टोलीले…
Read More
हेटौँडाबाट खैरो हेरोईनसहित ३ जना पक्राउ

हेटौँडाबाट खैरो हेरोईनसहित ३ जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडाबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। वैशाख १२ गते दिउँसो २ बजे प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो। ना १ ह १५२८ नम्बरको अटोमा सवार हेटौंडा ११ निवासी २७ वर्षीय सुमन गुरुङ र वडा नं. १ निवासी २० वर्षीय बुद्धीमान थिङलाई शंका लागि खानतलासी गर्दा उनीहरुको साथबाट ५०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। सोधपुछ गर्दा ती पदार्थहरु हेटौंडा १ लालझाडी निवासी ३२ वर्षीय सुरेश तामाङबाट खरिद…
Read More
हेटौंडा-६ मा बाँदर प्रभावित किसानलाई बेसारको बीउ वितरण

हेटौंडा-६ मा बाँदर प्रभावित किसानलाई बेसारको बीउ वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित नौलो बिहानी कृषि सहकारी संस्थाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा शेयर सदस्य किसानहरूलाई बेसारको बीउ वितरण गरेको छ। हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा बादरले प्रभावित क्षेत्रका किसानलाई सहायताका लागि बीउ वितरण गरिएको हो। वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ३५ जना किसानलाई १० देखि ४० केजीसम्म बेसारको बीउ वितरण गरिएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले बाँदर आतंकका कारण अन्य बाली उत्पादनमा समस्या भएकाले बेसार खेतीलाई प्रवर्द्धन गर्न उपमहानगरले सहयोग गरेको बताए। उनले टनेल खेती र बीउ प्रवर्द्धनमा समेत वडाले विशेष योजना अघि सारेको जानकारी दिए। संस्थाका…
Read More
एकीकृत समाजवादी हेटौँडा–१६ मा कृष्णबहादुर राना

एकीकृत समाजवादी हेटौँडा–१६ मा कृष्णबहादुर राना

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाको अधिवेशन शनिबार सम्पन्न भएको छ । कृष्णबहादुर रानाको सभाध्यक्षता तथा पार्टीका जिल्ला उपाध्यक्ष किरणमान बलको प्रमुख आतिथ्यतामा सप्पन्न भएको अधिवेशनले कृष्ण बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष पदमा गोविन्द ढकाल, सचीवमा विनोद पोख्रेल, सदस्यमा दमन बलामी, सीता राई, दिलमाया राना, हरिबहादुर राई, रेनुका राना र प्रकाश परियार चयन भएका छन् । समितिमा थप सदस्य पछी थप्ने बताइएको छ । नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथी बलले सपथ ग्रहण गराएका थिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.