हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङस्थित एक घरबाट लागूपदार्थसहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ठाकुर सिँ मोक्तानको घरमा छापा मारेर उक्त परिमाणमा लागूपदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार खानतलासीको क्रममा मोक्तानको शयनकक्षमा रहेको खाटमुनि लुकाइराखिएको अवस्थामा ३ किलो ८६० ग्राम अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो। पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
प्रहरीले मोक्तानलाई घटनास्थलबाट नियन्त्रणमा लिई लागूपदार्थ सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ। उनलाई मकवानपुर जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति लिई हिरासतमा राखी अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्