समाचार

इन्द्रबहादुर बानियाँले जितेः कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित

इन्द्रबहादुर बानियाँले जितेः कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। प्रदेशसभा सचिवालय परिसरमा बुधबार सम्पन्न निर्वाचनमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै नयाँ नेता चयन भएका हुन्। निर्वाचनमा कांग्रेसका ३७ जना सांसदमध्ये बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मत मात्र पाए। १ मत बदर भएको थियो। लामाले दलको नेताको हैसियत गुमाएपछि नयाँ नेतृत्व चयन गर्न निर्वाचन गरिएको हो। यसअघि बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले संसदीय दलको कार्यालयमा लामा नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमा पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँको पक्षमा समर्थन जनाएका थिए। प्रस्ताव २२ मतको बहुमतले…
Read More
बागमती कांग्रेस संसदीय दलको नेतामा फेरि लामा र बानियाँ भिड्ने

बागमती कांग्रेस संसदीय दलको नेतामा फेरि लामा र बानियाँ भिड्ने

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका लागि फेरि एकपटक बहादुर सिंह लामा र इन्द्र बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ। बुधबार हुने निर्वाचनका लागि दुवैले उम्मेदवारी दर्ता गराएका छन्। लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार छन् भने समर्थकमा कुन्दनराज काफ्ले र रामकुमार पहाडी रहेका छन्। इन्द्र बानियाँको उम्मेदवारी भने यांकिला शेर्पाको प्रस्तावमा र कृष्णकुमार तामाङको समर्थनमा दर्ता गरिएको छ। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार उम्मेदवारी दर्ता कार्यक्रम बुधबार बिहान ११ बजे सम्पन्न भएको हो। प्रारम्भिक नामावली ११:३० बजे सार्वजनिक हुने छ भने उम्मेदवारी फिर्ता लिन दिउँसो १२ बजेसम्म समय दिइएको छ। अन्तिम नामावली दिउँसो १ बजे प्रकाशित…
Read More
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, श्रम नीतिबारे गहन छलफल

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, श्रम नीतिबारे गहन छलफल

हेटौंडा । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा श्रम सल्लाहकार परिषद्को पहिलो बैठक तथा परिचयात्मक अन्तर्क्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। बैठकको अध्यक्षता श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गरेका थिए। बैठकमा बालश्रम निवारण रणनीतिक योजनाको मस्यौदा, पाँच वर्षे रणनीतिक योजना, र प्रदेश श्रम तथा रोजगार नीति लगायतका विषयमा गहन छलफल गरिएको थियो। साथै आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रलाई लक्षित गर्दै विनियोजन गरिएको बजेट तथा योजनाहरूको पनि समिक्षा गरिएको थियो। मन्त्री महर्जनले आगामी वर्षमा यातायात क्षेत्रमा रोजगारी विस्तार, डिजिटल मार्केटिङ र आइटी तालिम, महिला चालकको प्रोत्साहन र सम्मान कार्यक्रम जस्ता पहलहरूको घोषणा गरे। उनले…
Read More
हेटौंडा–१३ मा ९,००० क्याप्सुल  ट्रामाडोलसहित एक व्यक्ति पक्राउ, थप एक फरार

हेटौंडा–१३ मा ९,००० क्याप्सुल ट्रामाडोलसहित एक व्यक्ति पक्राउ, थप एक फरार

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले ठूलो परिमाणमा लागूपदार्थ ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१३ आदामारका ३० वर्षीय प्रविन लामा रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले साउन १२ गते साँझ ८ बजे तिर शंकास्पद रूपमा सडकमा हिँडिरहेका लामालाई खानतलासी गर्दा उनको साथबाट ३,००० क्याप्सुल ट्रामाडोल बरामद भएको हो। प्रारम्भिक बयानका क्रममा लामाले उक्त लागूपदार्थ हेटौंडा–१२ का एक व्यक्तिबाट खरिद गरेको जानकारी दिएका थिए। प्रहरीले सो व्यक्तिलाई पक्राउ गर्न जाँदा उनी झोला फालेर फरार भएका थिए। उक्त झोलाको जाँच गर्दा थप ६,००० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। यसरी गरी जम्मा ९,००० क्याप्सुल ट्रामाडोल…
Read More
मकवानपुरका सुदर्शन खतिवडाले अन्तर्राष्ट्रिय मार्सल आर्टसमा जिते स्वर्ण पदक

मकवानपुरका सुदर्शन खतिवडाले अन्तर्राष्ट्रिय मार्सल आर्टसमा जिते स्वर्ण पदक

हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO UNION) हेटौंडाका प्रतिभावान खेलाडी सुदर्शन खतिवडाले अन्तर्राष्ट्रिय स्तरमा शानदार सफलता हात पारेका छन्। उनले अजरबैजानको बाकु शहरमा जुलाई २६ देखि २८ सम्म सम्पन्न "International Budo Martial Arts Championship 2025" मा स्वर्ण पदक जित्न सफल भएका छन्। खतिवडाले कराते तर्फ स्वर्ण पदक जित्दा, किक बक्सिङ्ग तर्फ भने सिल्भर पदक प्राप्त गरी नेपाल र मकवानपुरको नाम अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उजागर गर्न सफल भएका हुन्। उक्त प्रतियोगितामा विभिन्न देशका प्रतिस्पर्धीहरू सहभागी थिए भने सुदर्शनको प्रदर्शनले आयोजकसहित दर्शकहरूको ध्यान खिचेको थियो। उनी लामो समयदेखि कराते तथा किक बक्सिङ्ग अभ्यासमा सक्रिय रहँदै आएका छन्। उनको यस उपलब्धिलाई…
Read More
कांग्रेसभित्रको शक्ति संघर्ष: बागमती प्रदेशको राजनीति निर्णायक मोडमा

कांग्रेसभित्रको शक्ति संघर्ष: बागमती प्रदेशको राजनीति निर्णायक मोडमा

हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष नयाँ मोडमा पुगेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले समर्थन फिर्ता लिएपछि राजनीतिक अवस्था झनै पेचिलो बनेको छ। सांसद माया श्रेष्ठ र मीना पराजुलीले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूलाई जानकारी नदिई अविश्वास प्रस्तावमा हस्ताक्षर गराइएको आरोप लगाउँदै अब मुख्यमन्त्री लामालाई समर्थन रहेको स्पष्ट पारेका छन्। उनीहरूको भनाइ अनुसार, "हामीलाई जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा असहमति जनाउँदै अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामालाई समर्थन रहेको व्यहोरा अवगत गराउँछौँ।" यसैबीच, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका छन्। अविश्वास…
Read More
मन्त्री थापाद्वारा हेटौंडा अस्पतालको निरीक्षण

मन्त्री थापाद्वारा हेटौंडा अस्पतालको निरीक्षण

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र प्रदेशसभा सदस्य एका लाल श्रेष्ठले हेटौंडा अस्पतालको सेवा प्रवाह, शैक्षिक कार्यक्रम र भौतिक पूर्वाधारको निरीक्षण गरेका छन्। चिकित्सा शिक्षा आयोगको अनुगमनको पूर्वसन्ध्यामा गरिएको यस भ्रमणमा प्रतिष्ठानको आगामी योजना र तयारीबारे गहन छलफल भएको छ। निरीक्षणका क्रममा मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटाै‌डा अस्पतालमा सञ्चालन गरिएकाे बीएस्सी नर्सिङ, बिपिएच, बिएमएलटी र बी.फार्मा जस्ता कार्यक्रमहरूको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै अब एमबीबीएस कार्यक्रम सञ्चालनको पूर्वतयारीमा थप गति दिन सुझाव दिनुभयो। हाल सञ्चालनमा रहेको बीएस्सी नर्सिङ कार्यक्रमको सिट संख्या २० बाट ४० पुर्‍याउने तयारीसमेत भइरहेको जानकारी गराइएको छ। उपकुलपति डा. प्रदिप ज्ञवाली, शिक्षाध्यक्ष…
Read More
साहित्य सङ्गम मकवानपुरको ३५७ औं नियमित सन्ध्या तथा अप्सरा तिम्सिना स्मृति विशेष कार्यक्रम सम्पन्न

साहित्य सङ्गम मकवानपुरको ३५७ औं नियमित सन्ध्या तथा अप्सरा तिम्सिना स्मृति विशेष कार्यक्रम सम्पन्न

मकवानपुर । साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा साहित्य सङ्गमको ३५७ औं नियमित सन्ध्या एवम् दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको स्मृतिमा विशेष कार्यक्रम तथा सङ्गमको अक्षयकोष निर्माणार्थ सहयोगदाताहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथि थिए। सल्लाहकारहरू सुबास खनाल, मुक्तिगोविन्द वैद्य, उमा मैनाली, राजुराम राउत, विशाल अधिकारी, उमेश तिमल्सिना, निरा शर्मा, सविता तिमल्सिना, निर्मला भ्लोन, केशव समर्पण, सुवास सजललगायत विशिष्ट व्यक्तित्वहरू कार्यक्रमका अतिथि थिए। कार्यक्रममा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले स्वागत मन्तव्य राखेकी…
Read More
चन्द्राेदय माविमा वृक्षारोपण कार्यक्रम सम्पन्न

चन्द्राेदय माविमा वृक्षारोपण कार्यक्रम सम्पन्न

हेटौंडा । हेटाैंडा-८ कमानेस्थित चन्द्राेदय माध्यमिक विद्यालयको परिसरमा रोटरी क्लब हेटौंडाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “सुन्दर, सफा, हरीत शहर निर्माण अभियान” अन्तर्गत आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा सहभागी भई अभियानलाई सफल बनाउन सकृय भूमिका निर्वाह गर्नुभएकाे थियाे । नगर प्रमुख लामाले हेटौंडा शहरलाई हरियालीयुक्त, सफा र फुलैफुलको पर्यावरणमैत्री शहर बनाउने उद्देश्यले आफैं अग्रसर भई निरन्तर विभिन्न अभियानमा सहभागिता जनाउँदै आउनुभएको छ। कार्यक्रममा हेटौंडा-८ का वडा अध्यक्ष रामकृष्ण थापासहित विभिन्न सामाजिक संघसंस्था, विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानिय समुदायको पनि सक्रिय उपस्थिति रहेको थियो। वृक्षारोपण कार्यक्रममार्फत शहरको वातावरण संरक्षण, हरियाली विस्तार र वातावरणीय सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले…
Read More
पिप्लेस्थित सञ्जीवनी सहकारीको रजत महोत्सव सम्पन्न

पिप्लेस्थित सञ्जीवनी सहकारीको रजत महोत्सव सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमामा अवस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको २५औं स्थापना दिवस तथा रजत महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो। रजत महोत्सवको अवसरमा सहकारीका विगत २५ वर्षका गतिविधिहरू समेटिएको स्मारिकाको विमोचन नगर प्रमुख लामाको प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रममा सहकारी क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। नगर प्रमुख लामाले सहकारीले समुदायमा आर्थिक सशक्तिकरण, बचत संस्कार तथा स्वावलम्बनको प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी ढंगले अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो। सञ्जीवनी सहकारीले विगत २५ वर्षदेखि सदस्यहरूको आर्थिक उन्नति र सामाजिक विकासमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.