हेटौंडा–१३ मा ९,००० क्याप्सुल ट्रामाडोलसहित एक व्यक्ति पक्राउ, थप एक फरार

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले ठूलो परिमाणमा लागूपदार्थ ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१३ आदामारका ३० वर्षीय प्रविन लामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले साउन १२ गते साँझ ८ बजे तिर शंकास्पद रूपमा सडकमा हिँडिरहेका लामालाई खानतलासी गर्दा उनको साथबाट ३,००० क्याप्सुल ट्रामाडोल बरामद भएको हो। प्रारम्भिक बयानका क्रममा लामाले उक्त लागूपदार्थ हेटौंडा–१२ का एक व्यक्तिबाट खरिद गरेको जानकारी दिएका थिए।

प्रहरीले सो व्यक्तिलाई पक्राउ गर्न जाँदा उनी झोला फालेर फरार भएका थिए। उक्त झोलाको जाँच गर्दा थप ६,००० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

यसरी गरी जम्मा ९,००० क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। पक्राउ परेका लामाविरुद्ध लागूपदार्थ मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, फरार रहेका व्यक्तिको खोजतलास जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.