हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO UNION) हेटौंडाका प्रतिभावान खेलाडी सुदर्शन खतिवडाले अन्तर्राष्ट्रिय स्तरमा शानदार सफलता हात पारेका छन्। उनले अजरबैजानको बाकु शहरमा जुलाई २६ देखि २८ सम्म सम्पन्न “International Budo Martial Arts Championship 2025” मा स्वर्ण पदक जित्न सफल भएका छन्।

खतिवडाले कराते तर्फ स्वर्ण पदक जित्दा, किक बक्सिङ्ग तर्फ भने सिल्भर पदक प्राप्त गरी नेपाल र मकवानपुरको नाम अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उजागर गर्न सफल भएका हुन्।
उक्त प्रतियोगितामा विभिन्न देशका प्रतिस्पर्धीहरू सहभागी थिए भने सुदर्शनको प्रदर्शनले आयोजकसहित दर्शकहरूको ध्यान खिचेको थियो। उनी लामो समयदेखि कराते तथा किक बक्सिङ्ग अभ्यासमा सक्रिय रहँदै आएका छन्।

उनको यस उपलब्धिलाई मकवानपुर क्योकुशिन कराते संघ, प्रशिक्षकहरू र स्थानिय खेलप्रेमीहरूले गौरवको रूपमा लिएका छन्।

































