पिप्लेस्थित सञ्जीवनी सहकारीको रजत महोत्सव सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमामा अवस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको २५औं स्थापना दिवस तथा रजत महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो।

रजत महोत्सवको अवसरमा सहकारीका विगत २५ वर्षका गतिविधिहरू समेटिएको स्मारिकाको विमोचन नगर प्रमुख लामाको प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रममा सहकारी क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।

नगर प्रमुख लामाले सहकारीले समुदायमा आर्थिक सशक्तिकरण, बचत संस्कार तथा स्वावलम्बनको प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी ढंगले अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

सञ्जीवनी सहकारीले विगत २५ वर्षदेखि सदस्यहरूको आर्थिक उन्नति र सामाजिक विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.