समाचार

हेटौंडामा महिला मैत्री शहर निर्माण सह-डिजाइन कार्यशालाको समापन

हेटौंडामा महिला मैत्री शहर निर्माण सह-डिजाइन कार्यशालाको समापन

हेटौंडा । समावेशी र सुरक्षित महिला मैत्री शहर निर्माणकाे अभियानलाई सशक्त बनाउन हेटौंडामा आयोजित सह-डिजाईन कार्यशालाकाे समापन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको छ। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र १० मा लक्षित गरी आयोजना गरिएको कार्यशालामा सहभागीहरूले महिला मैत्री पार्क निर्माणका लागि आवश्यक पूर्वाधारहरूको नमुना तयार पारेका थिए। स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्व सुनिश्चित गर्न कार्यशालालाई सहभागीमूलक ढंगले सञ्चालन गरिएको थियो। यसबाट प्राप्त सिफारिस तथा डिजाइनहरू उपमहानगरपालिकाको आगामी शहरी विकास योजनामा समावेश गरिने जनाइएको छ। नगर प्रमुख लामाले यस्तो खालको पहलले महिला तथा सबै वर्गका नागरिकका लागि सुरक्षित र समावेशी सार्वजनिक स्थानहरू विकास गर्न मद्दत पुग्ने विश्वास…
Read More
एकता अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

एकता अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले एनआरएनए कोरियालाई नेपाली समुदायको साझा संस्था बनाई नेपाल र नेपालीको हितमा केन्द्रित गर्नूपर्नेमा जोड दिए । “गैरआवासीय नेपालीबीच देखिएको मतभेद समाधान गरी संस्थालाई अझ जिम्मेवार र जनमुखी बनाउनु आजको आवश्यकता हो,” उनले भने, “एनआरएनए सशक्त, समावेशी र परिणाममुखी बन्न सके मात्र विश्वभर छरिएका नेपालीको हित सुनिश्चित गर्न सक्छ।” उनले विदेशमा आर्जित सीप, ज्ञान र अनुभवलाई संस्थागत रुपमा नेपालमा स्थानान्तरण…
Read More
हेटौंडा अस्पतालको समस्या र राजनीतिक नेतृत्वबारे छलफल

हेटौंडा अस्पतालको समस्या र राजनीतिक नेतृत्वबारे छलफल

हेटौंडा । स्थानीय सरोकारका विषय र राजनीतिक नेतृत्वबारे आम नागरिकको धारणा बुझ्न गरिएको सर्वेक्षणसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ । साक्षी पोलिङ एण्ड एनालिटिक्स नेपालले बिहीबार हेटौंडामा सरोकारवालासँग प्यानल छलफल कार्यक्रम गर्दै सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको हो । हेटौंडा उपमहानगरपालिकाका बासिन्दासँग साक्षी पोलिङ एण्ड एनालिटिक्स नेपालले करिब एक महिनाअगाडि गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वटा वडामा नमुना छनौट गरी तथ्याङ्क संकलन गरिएको क्षेत्रीय सर्वेक्षणको नतिजा र सोसँग सम्बन्धित बिषयहरुमाथि सरोकारवालाहरुसँग प्यानल छलफल भएको छ । कार्यक्रममा हेटौंडा अस्पतालका विषयमा र हेटौंडाबासीको राजनीतिक नेतृत्वप्रति जनताका सोच, विचार र अनुभवलाई सञ्चारकर्मी सुरेश श्रेष्ठले सरोकारवालाको दुई अलग–अलग समूहमा…
Read More
स्वास्थ्य मन्त्री थापाको एक वर्ष: २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादनदेखि अस्पताल स्तरोन्नतिसम्म

स्वास्थ्य मन्त्री थापाको एक वर्ष: २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादनदेखि अस्पताल स्तरोन्नतिसम्म

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदबहालीको एक वर्ष पूरा गरेको अवसरमा मन्त्रालयले विगत आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका कार्यहरू र आगामी वर्षका प्राथमिकताहरू सार्वजनिक गरेको छ। हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा मन्त्रालयको प्रतिबद्धता दोहोर्याए। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि”, “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रमहरू प्रदेशभर सुरु गरिएको जानकारी दिँदै थापाले नीतिगत सुधार, सेवा सुदृढीकरण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको बताए। मन्त्री थापाका अनुसार, स्वास्थ्य सेवालाई जनमुखी बनाउन स्वास्थ्य सेवा ऐन, मदन भण्डारी स्वास्थ्य…
Read More
मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव, पद धरापमा

मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव, पद धरापमा

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्व संकटमा परेको छ। नेपाली कांग्रेस संसदीय दलका २१ जना सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। शुक्रबार संसदीय दलको कार्यालयमा दलका सचिव कृष्ण कुमार तामाङलाई हस्ताक्षरसहितको प्रस्ताव बुझाइएको हो। मुख्यमन्त्री लामालाई हटाउन आवश्यक पर्ने १९ सांसदको समर्थनभन्दा बढी अर्थात् २१ सांसदको हस्ताक्षरसहित दर्ता गरिएको प्रस्तावले उनको पद जोखिममा परेको संकेत गर्छ। यदि कुनै नाटकीय परिवर्तन नभए, लामाको कांग्रेस संसदीय दलको नेताबाट बहिर्गमन निश्चितजस्तै देखिएको छ, जससँगै उनको मुख्यमन्त्री पद पनि जानेछ। यो राजनीतिक घटनाक्रम कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिको परिणाम मानिएको छ। शुक्रबार नै पार्टीका चार मन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा…
Read More
बागमती प्रदेश सरकारमा संकट: चार कांग्रेस मन्त्रीको एकैपटक राजीनामा, मुख्यमन्त्रीविरुद्ध असन्तुष्टि सतहमा

बागमती प्रदेश सरकारमा संकट: चार कांग्रेस मन्त्रीको एकैपटक राजीनामा, मुख्यमन्त्रीविरुद्ध असन्तुष्टि सतहमा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागिता जनाइरहेका नेपाली कांग्रेसका चार मन्त्रीले शुक्रबार एकैपटक पदबाट राजीनामा दिएका छन्। यस घटनाले प्रदेशको सत्ता समीकरण मात्र होइन, सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तोष र शक्ति संघर्षलाई पनि सतहमा ल्याएको छ। राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्। यी सबै मन्त्री कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका थिए। प्रदेश सरकारमा कांग्रेसका आठ जना मन्त्रीमध्ये आधाले पद त्याग गरेपछि सरकारको स्थायित्वमा समेत प्रश्न उठ्न थालेको छ। स्रोतका अनुसार, राजीनामा दिने मन्त्रीहरू पार्टी संसदीय…
Read More
अन्तर्राष्ट्रिय बुडो मार्सल आर्ट्स च्याम्पियनसिपका लागि हेटौँडाबाट सुदर्शन खतिवडा अजरबैजन प्रस्थान

अन्तर्राष्ट्रिय बुडो मार्सल आर्ट्स च्याम्पियनसिपका लागि हेटौँडाबाट सुदर्शन खतिवडा अजरबैजन प्रस्थान

मकवानपुर । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION हेटौंडाले आज Azerbaijan को Baku मा july 26 - 28 सम्म हुने international Budo Martial Arts Championship 2025 मा सहभागी जनाउन जाने यस संघका सल्लाहकार एवम् खेलाडी सुदर्शन खतिवडा लाई एक कार्यक्रम का बीच बिदाई गरिएको छ । खतिवडा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १८ मा बुवा राम शरण खतिवडा र आमा तारा देवी खतिवडा को माईलो छोरा हुन । २०३९ सालमा जन्मिनु भएका खतिवडा २०५१ साल बाट क्योकुशिन कराते खेलमा आवद्ध हुनुहुन्छ । विभिन्न समयमा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी भई पुरस्कृत समेत भैइसक्नु भएका खेलाडी को अन्तर्राष्ट्रिय सहभागिता सुखद रहने संघका…
Read More
हेटौंडामा स्वर समर्पण साँझ सम्पन्न

हेटौंडामा स्वर समर्पण साँझ सम्पन्न

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले), मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा र राष्ट्रिय जनसांस्कृतिक महासंघको व्यवस्थापनमा पुष्पलाल स्मृति साँस्कृतिक साँझ “स्वर समर्पण” भव्य रूपमा सम्पन्न भएको छ। नेकपाका संस्थापक महासचिव का. पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरिनुका साथै १४ वटा जनवादी गीत प्रस्तुत गरिएको थियो। महासंघका कलाकारहरुले प्रस्तुत गरेका जनवादी गीतहरूले कार्यक्रममा उपस्थितहरूलाई भावविह्वल बनाएको संयन्त्र अध्यक्ष राजुराम राउतले जानकारी दिनुभयो। कार्यक्रममा अनेरास्ववियु वन विज्ञान अध्ययन संस्थान क्याम्पस कमिटीले विभिन्न जातजातिको भेषभूषामा आकर्षक झाँकी प्रदर्शन गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनतालाई परिवर्तन र…
Read More
ज्योति मावि हर्नामाडीकाे सहायक प्रधानाध्यापकमा नानुमाया डिम्डुङ

ज्योति मावि हर्नामाडीकाे सहायक प्रधानाध्यापकमा नानुमाया डिम्डुङ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित श्री ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा नानुमाया डिम्डुङ सहायक प्रधानाध्यापकको पदमा नियुक्त हुनुभएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले एक विज्ञप्तिमार्फत डिम्डुङलाई सहायक प्रधानाध्यापकमा नियुक्त गर्नुभएकाे जानकारी दिनुभएकाे हाे । शिक्षिका डिम्डुङ विगतदेखि नै उक्त विद्यालयमा सामाजिक विषयकी शिक्षिका रहेर शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान दिँदै आउनुभएको थियो। उहाँको पदोन्नति विद्यालयको शैक्षिक र प्रशासनिक व्यवस्थापनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। श्री ज्योति माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका रूपमा समेत परिचित छ । विद्यालयले हेटौंडा क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्दै आइरहेको छ।
Read More
मकवानपुरे साहित्यकार श्रेयज  सुवेदीको कृति “बहुरूपी“ मदन पुरस्कार – २०८१ को छनोट सूचीमा

मकवानपुरे साहित्यकार श्रेयज सुवेदीको कृति “बहुरूपी“ मदन पुरस्कार – २०८१ को छनोट सूचीमा

हेटौंडा । मदन पुरस्कार गुठीले प्रत्येक वर्ष प्रदान गर्ने “मदन पुरस्कार–२०८१” को छनोट कृतिहरुमा “बहुरूपी“ समेत परेको छ । मकवानपुरका साहित्यकार श्रेयज सुवेदीको पुस्तक “बहुरूपी“ कथाकृति मदन पुरस्कार गुठीको शिर्ष ७ मा पर्न सफल भएको हो । यो उनको पहिलो पहिलो प्रकाशित कथा कृति हो । उनले आफ्नो कथाकृतिमा चालक,अपरम्परा,शैलुनको सिसा,बगर, इन्द्रेणी, छाला नामक ६ खण्डमा विभाजित गरेर १५ वटा कथा लेखेका छन । उनले आफ्नो कृतिमा मधेशको परिवेशमा कथा बुन्ने प्रयास गरेका छन् । मधेशको सामाजिक,सांस्कृतिक,आर्थिक र मनोवैज्ञानिक आयामहरूलाई सशक्त कथा वाचन शैलीका मार्फत जीवन्त रूपले चित्रण गरेका छन् । साहित्यकार सुवेदीले आफ्नो पहिलो कथाकृति शिर्ष ७ मा छनोटमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.