हेटौंडामा स्वर समर्पण साँझ सम्पन्न

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले), मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा र राष्ट्रिय जनसांस्कृतिक महासंघको व्यवस्थापनमा पुष्पलाल स्मृति साँस्कृतिक साँझ “स्वर समर्पण” भव्य रूपमा सम्पन्न भएको छ।

नेकपाका संस्थापक महासचिव का. पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरिनुका साथै १४ वटा जनवादी गीत प्रस्तुत गरिएको थियो। महासंघका कलाकारहरुले प्रस्तुत गरेका जनवादी गीतहरूले कार्यक्रममा उपस्थितहरूलाई भावविह्वल बनाएको संयन्त्र अध्यक्ष राजुराम राउतले जानकारी दिनुभयो।

कार्यक्रममा अनेरास्ववियु वन विज्ञान अध्ययन संस्थान क्याम्पस कमिटीले विभिन्न जातजातिको भेषभूषामा आकर्षक झाँकी प्रदर्शन गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनतालाई परिवर्तन र समृद्धिको यात्रामा गोलबद्ध गराउन जनवादी गीत-संगीतलाई घर-घरमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, पार्टी केन्द्रीय सल्लाहकार सदस्य डोरमणि पौडेलले “स्वर समर्पण” जस्ता कार्यक्रमहरूले कम्युनिस्ट आन्दोलनलाई जनतामाझ स्थापित गर्न सघाउने धारणा राख्नुभयो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरू, पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट लगायत ७०० जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

१४ वर्षपछि मकवानपुरमा एमालेद्वारा आयोजित लाइभ सांगीतिक कार्यक्रम अत्यन्त उत्साहजनक भएको संयन्त्र प्रमुख एवम् सभाध्यक्ष सन्तोष पौडेलले बताउनुभयो। कार्यक्रममा महासंघ अध्यक्ष राजुराम राउत, स्वयंसेवक विभाग प्रमुख शिवहरी दाहाल, कलाकार आकाश अधिकारी लगायतले पनि मन्तव्य राख्नुभएको थियो।

पार्टी जिल्ला स्वयंसेवक विभागले समग्र स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी सम्हालेको थियो भने कार्यक्रमले एमालेमा नयाँ उत्साह र ऊर्जा थपेको स्वयंसेवक परिचालन उपसमितिका संयोजक सुरेश बेरोजगारले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.