मकवानपुर । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION हेटौंडाले आज Azerbaijan को Baku मा july 26 – 28 सम्म हुने international Budo Martial Arts Championship 2025 मा सहभागी जनाउन जाने यस संघका सल्लाहकार एवम् खेलाडी सुदर्शन खतिवडा लाई एक कार्यक्रम का बीच बिदाई गरिएको छ ।

खतिवडा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १८ मा बुवा राम शरण खतिवडा र आमा तारा देवी खतिवडा को माईलो छोरा हुन । २०३९ सालमा जन्मिनु भएका खतिवडा २०५१ साल बाट क्योकुशिन कराते खेलमा आवद्ध हुनुहुन्छ ।

विभिन्न समयमा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी भई पुरस्कृत समेत भैइसक्नु भएका खेलाडी को अन्तर्राष्ट्रिय सहभागिता सुखद रहने संघका अध्यक्ष बुद्धि नाथ न्यौपाने बताउनु हुन्छ ।

बिदाई वागमती प्रदेश खेलकुद परिषद का सदस्य सविन भट्टचार्य को उपस्थितिमा केन्द्रिय उपाध्यक्ष बिष्णु श्रेष्ठ , संघका अध्यक्ष बुद्धि नाथ न्यौपाने , उपाध्यक्ष अशोक डिमडुङ्ग , सुसन श्रेष्ठ , सुमन कर्माचार्य , शशी बि.क, अमृत सुनार लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो ।































