समाचार

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरद्वारा ११ स्रष्टालाई सम्मान

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरद्वारा ११ स्रष्टालाई सम्मान

मकवानपुर । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधामा योगदान पुर्याएका ११ जना स्रष्टालाई सम्मान गरेको छ। शनिबार भएको विशेषमा चार वटा राष्ट्रिय पुरस्कार र सात वटा सम्मान प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामासहितका अतिथिहरुले स्रष्टाहरुलाई पुरस्कार वितरण गरेका थिए । भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८१ काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कार रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौंका पत्रकार तथा साहित्यकार ठाकुर बेल्वासेलाई प्रदान गरिएको छ । यी राष्ट्रिय…
Read More
बागमती साहित्य सम्मेलन सुरु

बागमती साहित्य सम्मेलन सुरु

मकवानपुर । बागमति प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ । शुक्रबार धादिङबेसीमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सबको उद्घाटन गर्दै देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार भएको उल्लेख गर्दै मानव मानवबीचका द्वन्दहरु घटाएर प्रेम, मानवता, एकता र सौहार्दताको बीजारोपण गर्ने महत्वपूर्ण विधा भएको बताउनुभएको छ । साहित्य मानव मस्तिष्कको उपजको रुपमा उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले साहित्य लेखनमात्र नभएर भावना, संवेदनासमेत भएको बताउनुभयो । साहित्यले कला, संस्कृति, मूल्य, मान्यता र सभ्यतालाई छर्लङ्ग पार्ने उहाँको भनाइ छ । कला र साहित्य मौन रहेर होईन, बोलचाल…
Read More
नारायणी यातायातको साधारण सभा फागुन १७ गते हेटौंडामा हुने

नारायणी यातायातको साधारण सभा फागुन १७ गते हेटौंडामा हुने

मकवानपुर । नारायणी यातायात व्यवसायी संघको ३६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन फागुन १७ गते शनिबार हेटौंडामा आयोजना हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव सरोजकुमार खनालले उक्त दिन नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका विशेषज्ञ डाक्टरहरूको टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो। यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम आयोजना गरिने छ। संघका अध्यक्ष हिरालाल श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै, संघ सेवामूलक संस्था भए पनि नेपाल सरकारलाई निरन्तर कर तिर्दै आएको बताउनुभयो। साथै, संघलाई अझै ठूलो मात्रामा कर तिर्नुपर्ने दायित्व रहेको र आर्थिक अभावको सामना गरिरहेको जानकारी दिनुभयो।
Read More
शिक्षा नै विकासको मेरुदण्ड: मुख्यमन्त्री लामा

शिक्षा नै विकासको मेरुदण्ड: मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षा नै विकासको मेरुदण्ड भएको बताउँदै शिक्षा बिना समृद्धि सम्भव नहुने धारणा राख्नुभएको छ। हेटौंडा-१० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औं अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले गलत शिक्षाले देश र समाजको विकासमा बाधा पुग्ने उल्लेख गर्नुभयो। साथै, निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै सामुदायिक विद्यालयहरूलाई तीव्र प्रतिस्पर्धामा ल्याएको धारणा राख्नुभयो। मुख्यमन्त्री लामाले विद्यालय शिक्षा प्रदेश सरकारको एकल अधिकारभित्र नपर्ने हुँदा इच्छाअनुसार काम गर्न कठिनाइ भएको बताउनुभयो। संघ र स्थानीय सरकारको तुलनामा प्रदेश सरकारले कम संरचनात्मक सुविधा पाएकोप्रति गुनासो व्यक्त गर्दै प्रदेश सरकारले आफ्नो अधिकारभित्र रहेर विश्वविद्यालय स्थापनाको…
Read More
हेटौंडामा ‘अराइज एण्ड साइन नेपाल’ उद्घाटन

हेटौंडामा ‘अराइज एण्ड साइन नेपाल’ उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११, थानाभर्याङस्थित शान्ति टोलमा ‘अराइज एण्ड साइन नेपाल’ संस्थाको औपचारिक उद्घाटन सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र वडा नं. ११ की अध्यक्ष जुना दाहालको विशेष आतिथ्यतामा संस्थाको उद्घाटन गरिएको हो। देशभरका जोखिममा रहेका तथा बेरोजगार युवाहरुलाई लक्षित गरी विगत ९ वर्षदेखि विभिन्न विकास तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले अब मकवानपुरको हेटौंडामा पनि ‘युथ सेन्टर’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। उद्घाटन कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक यहोशू लिम्बुले यसबारे जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न समाजसेवी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो। संस्थाले आगामी दिनमा स्थानीय युवाहरूलाई स्वरोजगारमुखी कार्यक्रममार्फत सशक्त…
Read More
मगर संघ स्थापना/एकता दिवसमा हेटौंडामा सांस्कृतिक कार्यक्रम सम्पन्न

मगर संघ स्थापना/एकता दिवसमा हेटौंडामा सांस्कृतिक कार्यक्रम सम्पन्न

मकवानपुर । ४३ औं मगर संघ स्थापना/एकता दिवसको अवसरमा हेटौंडा–४ हुप्रचौरमा बृहत् मगर सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव सम्पन्न भएको छ। कार्यक्रम मगर संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । उनले शुभकामना व्यक्त गर्दै आदिवासी जनजाति समुदायमा मगर समुदायको महत्वपूर्ण भूमिकाका विषयमा चर्चा गरेकी थिईन् । कार्यक्रममा अन्य स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूले समेत कार्यक्रममा सहभागिता जनाएका थिए।
Read More
भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरद्वारा ११ जना स्रष्टा सम्मानित हुने

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरद्वारा ११ जना स्रष्टा सम्मानित हुने

मकवानपुर । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधामा योगदान पुर्याएका ११ जना स्रष्टालाई सम्मान गर्ने भएको छ। १७ फागुनमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरी चार वटा राष्ट्रिय पुरस्कार र सात वटा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए। श्रेष्ठका अनुसार, भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८१ काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कार रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा, र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौंका पत्रकार तथा साहित्यकार ठाकुर बेल्वासे लाई प्रदान गरिनेछ। यी राष्ट्रिय पुरस्कार प्राप्तकर्ता प्रत्येकलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ।…
Read More
भीमफेदीमा  सडक सुरक्षा र सरसफाई कार्यक्रम सम्पन्न

भीमफेदीमा सडक सुरक्षा र सरसफाई कार्यक्रम सम्पन्न

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा बुधबार सडक सुरक्षा र सरसफाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक ललिता ढकालको नेतृत्वमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय बासिन्दा र प्रहरी टोलीले सडकको सरसफाई र यातायात नियमको पालनामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गरेका थिए ।
Read More
हेटौंडा-१५ द्वारा उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मान

हेटौंडा-१५ द्वारा उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित यु–१६ फुटबल प्रतियोगितामा वडा नं. १५ का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। विजयी खेलाडीहरू, प्रशिक्षक तथा अभिभावकलाई वडा नं. १५ ले विशेष सम्मान गरेको छ। सम्मान कार्यक्रम वडा नं. १५ का वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। मुक्तानले खेलकुदलाई प्रवर्द्धन गर्दै वडालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रंगशाला निर्माण कार्यलाई तीव्रता दिइरहेको र यसलाई सफल बनाउन प्रतिबद्ध रहेको बताए। कार्यक्रममा वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगी, पातली माया गोम्जा, वडा सदस्य मिनु विश्वकर्मा, वडा सदस्य सिमा बहादुर, वडा सचिव कृष्ण बहादुर क्षेत्री, खेलकुद विकास समिति सदस्य सन्तोष…
Read More
हेटौँडा क्याम्पसको ३५ औँ स्थापना दिवस सम्पन्न

हेटौँडा क्याम्पसको ३५ औँ स्थापना दिवस सम्पन्न

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-४ स्थित हेटौँडा क्याम्पसले आफ्नो ३५ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। क्याम्पसले साताव्यापी रूपमा अतिरिक्त क्रियाकलाप सप्ताह आयोजना गरी विजयी विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो। मङ्गलबार सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले शिक्षा क्षेत्रको विकासलाई देशको समग्र विकासको आधारस्तम्भ बताउँदै सामुदायिक शैक्षिक संस्थाहरूको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। हेटौँडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले क्याम्पसको मकवानपुर जिल्लाको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै सामुदायिक क्याम्पसहरूमा सरकारी लगानी वृद्धि आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौँडा उपमहानगरपालिका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.