मगर संघ स्थापना/एकता दिवसमा हेटौंडामा सांस्कृतिक कार्यक्रम सम्पन्न

मकवानपुर । ४३ औं मगर संघ स्थापना/एकता दिवसको अवसरमा हेटौंडा–४ हुप्रचौरमा बृहत् मगर सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव सम्पन्न भएको छ। कार्यक्रम मगर संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । उनले शुभकामना व्यक्त गर्दै आदिवासी जनजाति समुदायमा मगर समुदायको महत्वपूर्ण भूमिकाका विषयमा चर्चा गरेकी थिईन् ।

कार्यक्रममा अन्य स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूले समेत कार्यक्रममा सहभागिता जनाएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.