हेटौंडामा ‘अराइज एण्ड साइन नेपाल’ उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११, थानाभर्याङस्थित शान्ति टोलमा ‘अराइज एण्ड साइन नेपाल’ संस्थाको औपचारिक उद्घाटन सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र वडा नं. ११ की अध्यक्ष जुना दाहालको विशेष आतिथ्यतामा संस्थाको उद्घाटन गरिएको हो।

देशभरका जोखिममा रहेका तथा बेरोजगार युवाहरुलाई लक्षित गरी विगत ९ वर्षदेखि विभिन्न विकास तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले अब मकवानपुरको हेटौंडामा पनि ‘युथ सेन्टर’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। उद्घाटन कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक यहोशू लिम्बुले यसबारे जानकारी गराएका थिए।

कार्यक्रममा विभिन्न समाजसेवी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो। संस्थाले आगामी दिनमा स्थानीय युवाहरूलाई स्वरोजगारमुखी कार्यक्रममार्फत सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.