मकवानपुर । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित यु–१६ फुटबल प्रतियोगितामा वडा नं. १५ का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। विजयी खेलाडीहरू, प्रशिक्षक तथा अभिभावकलाई वडा नं. १५ ले विशेष सम्मान गरेको छ।
सम्मान कार्यक्रम वडा नं. १५ का वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। मुक्तानले खेलकुदलाई प्रवर्द्धन गर्दै वडालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रंगशाला निर्माण कार्यलाई तीव्रता दिइरहेको र यसलाई सफल बनाउन प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगी, पातली माया गोम्जा, वडा सदस्य मिनु विश्वकर्मा, वडा सदस्य सिमा बहादुर, वडा सचिव कृष्ण बहादुर क्षेत्री, खेलकुद विकास समिति सदस्य सन्तोष कुमार भोम्जन, टिम कोच उज्जल वाइबा लगायतको उपस्थिति रहेको थियो। विजयी खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।






























