समाचार

प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा तिलकराम रिमाल

प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा तिलकराम रिमाल

मकवानपुर । प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनमा सम्पन्न भएको छ। अधिवेशनले तिलकराम रिमाललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा प्रज्ज्वल पौडेल र तारादेवी बस्नेत, महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल चयन भएका छन्। त्यसैगरी, सचिव पदमा गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, नवराज श्रेष्ठ, रूपक कोइराला र जगत तामाङ निर्वाचित भएका छन्। कार्यसमिति सदस्यका रूपमा मकवानपुरबाट प्रतिनिधित्व गर्दै विवश अधिकारी, आरती ढकाल, रविन ढुंगाना, सुनिता विष्ट र रुपक कालिराज चयन भएका छन्।
Read More
हेटौँडा–१४ मा तामाङ सँस्कृति जोगाउन गुफा बसेर निस्किए झाँक्रीहरु

हेटौँडा–१४ मा तामाङ सँस्कृति जोगाउन गुफा बसेर निस्किए झाँक्रीहरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका –१४ मा तामाङ्ग सस्कृतिलाई जगेर्ना गर्नका लागि गुफा बसेका झाँक्रीहरु एक साता पछि बाहिर निस्किएका छन् । हेटाैंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गुफामा रहेका झाक्रीहरुलाई सस्कृती अनुसारकाे पाेशाक हस्तान्तरण गरेपछि उनिहरु बाहिर निस्केका हुन् । सेले होईकर वोन्वो रिम ठिम अनुसार गोम गुफा (तपस्या) मा बसेका झाँकीहरु बाहिर निस्किएका हुन् । ५ गतेदेखि सुरु भएको गुफा तपस्यामा १० जना झाँकीहरु बसेका थिए ।
Read More
एकीकृत समाजवादी हेटौंडा नगर कमिटीद्वारा प्रदेश सदस्यहरुलाइ स्वागत तथा सम्मान

एकीकृत समाजवादी हेटौंडा नगर कमिटीद्वारा प्रदेश सदस्यहरुलाइ स्वागत तथा सम्मान

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी नगर कमिटीले नवनिर्वाचित प्रदेश कमिटी सदस्यहरुलाइ स्वागत तथा सम्मान गरेको छ । हेटौंडाको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर घर भएका प्रदेश सदस्यहरुलाइ स्वागत तथा सम्मान गरिएको हो । गत साता कठमाण्डौमा भएको प्रदेश अधिवेशनमा मकवानपुरका शुकराम केसी, माधव तिमल्सिना, बेगम बराल, किशोर ब्लोन, कृष्णबहादुर सापकोटा, रामेश राई, कृष्ण बहादुर चेपाङ, कल्पना बिक, इस्वरलाल रुम्बा प्रदेश कमिटी सदस्यपदमा चयन भएका हुन् । कार्यक्रम नगर अध्यक्ष बिष्णु माया लामाको सभाध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यमा भएको थियो । स्वागत तथा सम्मान कार्यक्रममा पार्टीका प्रदेश सदस्य यादव गजुरेल, जिल्ला अध्यक्ष बिष्णु दाहाल,…
Read More
अनुपम घलान स्मृति यू-१६ फुटबलकाे उपाधि हेटाैंडा-१५ ले जित्यो

अनुपम घलान स्मृति यू-१६ फुटबलकाे उपाधि हेटाैंडा-१५ ले जित्यो

मकवानपुर । हेटाैंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयाेजनामा भएकाे स्वर्गिय-अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियाेगिताकाे उपाधि हेटाैंडा-१५ ले जितेकाे छ । १० टाेलीकाे सहभागिता रहेकाे प्रतियाेगितामा हेटाैंडा १५ ले १८ लाई ट्राईबेकरमा ६-५ गाेल अन्तरले पराजित गरेकाे हाे । बिजेताले १ लाख र उपबिजेताले ७० हजार रुिपयाँ नगद सिहत शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ । समितिका अध्यक्ष रबिन्द्र घिमिरेकाे अध्यक्षता र उपमहानगरका कार्यबाहक नगर प्रमुख राजेश बानियाँकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।
Read More
हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट स्वतन्त्र गर्न हस्ताक्षर अभियान शुरु

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट स्वतन्त्र गर्न हस्ताक्षर अभियान शुरु

मकवानपुर । मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई स्वतन्त्र गर्नुपर्छ भन्दै हेटौंडामा हस्ताक्षर अभियान शुरु गरिएको छ । हेटौंडा अस्पतालको बाहिर फागुन ११ गते आइतबारदेखि यो अभियानको थालनी भएको हो । वर्षौँदेखि सरकारी स्वामित्वमा रहेको सरकारी अस्पताल मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानमा गाभिएपछी समस्या उत्पन्न भएको हो । नेकपा एमाले पार्टीको सत्ता हुँदा हतारहतार बगमती प्रदेश सभाबाट पास गराएर हेटौंडा अस्पताललाई मदन्भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गाभेको हेटौंडा अस्पताल बचाउ अभियानका मुख्य अभियन्ता वरिष्ठ अधिवक्ता केशव गौतमले बताए । गौतमले यसबारे सर्बोच्च अदालतमा नेपाल सरकार र बागमती प्रदेश सरकार, मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई विपक्षी बनाएर सर्बोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्बोच्चमा यसबारे…
Read More
मकवानपुरमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी

मकवानपुरमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी

मकवानपुर । मकवानपुरमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को रूपमा स्कीम श्रेष्ठ नियुक्त भएकी छन्। हाल पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेकी श्रेष्ठको मकवानपुरमा सरुवा गरिएको हो। सरकारले हालै दुईजना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ, जसअनुसार श्रेष्ठ पश्चिम नवलपरासीबाट मकवानपुर आउँदैछिन्। मकवानपुरका प्रजिअ तीर्थराज चिलुवालको सरुवा भएसँगै हाल सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार सम्हालिरहेका छन्। श्रेष्ठ मकवानपुरकी स्थायी निवासी हुन्। उनी २०७७ सालमा समावेशी महिलातर्फ सह-सचिव वा सोसरह पदका लागि सिफारिस भएकी थिइन्। मकवानपुरमा पहिलो महिला प्रजिअको रूपमा उनको नियुक्ति महत्वपूर्ण मानिएको छ।
Read More
हेटौंडा–१५ मा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास

हेटौंडा–१५ मा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १५, सयफुटमा नयाँ खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गरिएको छ। वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख विष्णु प्रसाद सापकोटा, बोर्ड अध्यक्ष प्रताप विष्ट, तथा सूचना अधिकारी संजय न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित थिए। करिब १० करोड रुपैयाँ लागत अनुमान गरिएको यस योजनाअन्तर्गत सयफुटमा १ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की तथा ठुलो सुकौलीमा ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिनेछ। अध्यक्ष मुक्तानका अनुसार साबिक चुरियामाई–३ र ४ अन्तर्गत रातोमाटे, ठुलो सुकौली, दमार, सानो सुकौली र सयफुट क्षेत्रका स्थानीयवासीलाई योजना लाभदायी हुने छ। सयफुटमा निर्माण हुने ट्याङ्कीबाट करिब १,००० जना…
Read More
हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न

हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न

मकवानपुर । हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ | मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसद्वारा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् । अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीका संयोजक प्रसिद्ध रेग्मीले रक्तदान गरेर कार्यक्रमको उद्दघाटन भएको हो । कार्यक्रममा कमिटीका संयोजक प्रसिद्ध रेग्मीको सभाध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य आकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने अनेरास्ववियु बागमती प्रदेश कमिटि सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुख भुपेन्द्र राना मगरको बिशेष अतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रश सोसाइटीको प्राविधिक सहयोग रहेको थियो । रगतको अभाव रहेको बेला बिरामीमा सहयोग पुर्याउने उद्येश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको कमिटीका सदस्य निशान भण्डारीले…
Read More
सुनुवार विद्यार्थी समाज मकवानपुरमा मुना सुनुवार

सुनुवार विद्यार्थी समाज मकवानपुरमा मुना सुनुवार

मकवानपुर । सुनुवार विद्यार्थी समाज मकवानपुरको तदर्थ समिति अध्यक्षमा मुना सुनुवार चयन भएकी छिन् । बुधबार सुनुवार विद्यार्थी समाज संघीय समितिको संगठन विस्तार कार्यक्रम अन्तर्गत भएको कार्यक्रमले सुनुवार अध्यक्ष रहने गरी ९ सदस्यीय तदर्थ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अबिषेक सिकारी सुनुवार, सचिवमा अभिषेक सुनुवार, सहसचिवमा पूर्णिमा सुनुवार र कोषाध्यक्षमा उमेश सुनुवार चयन भएका छन् । समितिको सदस्यहरुमा निमा सुनुवार, ऋतु सुनुवार, बिर्सना सुनुवार र सुजन सुनुवार चयन भएको सुनुवार विद्यार्थी समाज संघीय समितिकी महासचिव मुस्कान सिकारी सुनुवारले जानकारी दिइन् । कार्यक्रममा संघीय समितिकी अध्यक्ष मनिशा सुनुवार, महासचिव मुस्कान सुनुवार, कोषाध्यक्ष नविन सुनुवार, सदस्य मणिराज सुनुवार, जिल्ला समन्वय…
Read More
४ नम्बर वडामा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

४ नम्बर वडामा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना एवं शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाको व्यवस्थापनमा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित दोस्रो खेलकुद महोत्सव २०८१ को पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम गरिएको छ । माघ ९ गतेदेखि सुरु भई फागुन ५ गतेसम्म सञ्चालन भएको दोस्रो खेलकुद महोत्सव-२०८१ को विविध खेलकुदका विजेता र उपविजेतालाई सोही समारोहका बिच पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता, ४ नं. वडा कार्यालयका अध्यक्ष नवीन सिग्देल, ११ नं. वडा अध्यक्ष जुना दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडाका अध्यक्ष श्रीराम दाहाल, टोल विकास संस्था नगर समन्वय समिति महासचिव…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.