मकवानपुर । मकवानपुरमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को रूपमा स्कीम श्रेष्ठ नियुक्त भएकी छन्। हाल पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेकी श्रेष्ठको मकवानपुरमा सरुवा गरिएको हो।
सरकारले हालै दुईजना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ, जसअनुसार श्रेष्ठ पश्चिम नवलपरासीबाट मकवानपुर आउँदैछिन्। मकवानपुरका प्रजिअ तीर्थराज चिलुवालको सरुवा भएसँगै हाल सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार सम्हालिरहेका छन्।
श्रेष्ठ मकवानपुरकी स्थायी निवासी हुन्। उनी २०७७ सालमा समावेशी महिलातर्फ सह-सचिव वा सोसरह पदका लागि सिफारिस भएकी थिइन्। मकवानपुरमा पहिलो महिला प्रजिअको रूपमा उनको नियुक्ति महत्वपूर्ण मानिएको छ।
प्रतिकृया दिनुहोस्