Day: २०८१ फाल्गुन १०, शनिबार ०९:२० गते

मकवानपुरमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी

मकवानपुरमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी

मकवानपुर । मकवानपुरमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को रूपमा स्कीम श्रेष्ठ नियुक्त भएकी छन्। हाल पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेकी श्रेष्ठको मकवानपुरमा सरुवा गरिएको हो। सरकारले हालै दुईजना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ, जसअनुसार श्रेष्ठ पश्चिम नवलपरासीबाट मकवानपुर आउँदैछिन्। मकवानपुरका प्रजिअ तीर्थराज चिलुवालको सरुवा भएसँगै हाल सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार सम्हालिरहेका छन्। श्रेष्ठ मकवानपुरकी स्थायी निवासी हुन्। उनी २०७७ सालमा समावेशी महिलातर्फ सह-सचिव वा सोसरह पदका लागि सिफारिस भएकी थिइन्। मकवानपुरमा पहिलो महिला प्रजिअको रूपमा उनको नियुक्ति महत्वपूर्ण मानिएको छ।
Read More
हेटौंडा–१५ मा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास

हेटौंडा–१५ मा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १५, सयफुटमा नयाँ खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गरिएको छ। वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख विष्णु प्रसाद सापकोटा, बोर्ड अध्यक्ष प्रताप विष्ट, तथा सूचना अधिकारी संजय न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित थिए। करिब १० करोड रुपैयाँ लागत अनुमान गरिएको यस योजनाअन्तर्गत सयफुटमा १ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की तथा ठुलो सुकौलीमा ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिनेछ। अध्यक्ष मुक्तानका अनुसार साबिक चुरियामाई–३ र ४ अन्तर्गत रातोमाटे, ठुलो सुकौली, दमार, सानो सुकौली र सयफुट क्षेत्रका स्थानीयवासीलाई योजना लाभदायी हुने छ। सयफुटमा निर्माण हुने ट्याङ्कीबाट करिब १,००० जना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.