एकीकृत समाजवादी हेटौंडा नगर कमिटीद्वारा प्रदेश सदस्यहरुलाइ स्वागत तथा सम्मान

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी नगर कमिटीले नवनिर्वाचित प्रदेश कमिटी सदस्यहरुलाइ स्वागत तथा सम्मान गरेको छ ।

हेटौंडाको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर घर भएका प्रदेश सदस्यहरुलाइ स्वागत तथा सम्मान गरिएको हो । गत साता कठमाण्डौमा भएको प्रदेश अधिवेशनमा मकवानपुरका शुकराम केसी, माधव तिमल्सिना, बेगम बराल, किशोर ब्लोन, कृष्णबहादुर सापकोटा, रामेश राई, कृष्ण बहादुर चेपाङ, कल्पना बिक, इस्वरलाल रुम्बा प्रदेश कमिटी सदस्यपदमा चयन भएका हुन् ।

कार्यक्रम नगर अध्यक्ष बिष्णु माया लामाको सभाध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यमा भएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा पार्टीका प्रदेश सदस्य यादव गजुरेल, जिल्ला अध्यक्ष बिष्णु दाहाल, सचीव ध्रुव भुजेल उपसचिव किशोर बर्तौला लगायत जिल्ला तथा नगर कमिटीका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.