मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा बुधबार सडक सुरक्षा र सरसफाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक ललिता ढकालको नेतृत्वमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दा र प्रहरी टोलीले सडकको सरसफाई र यातायात नियमको पालनामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस्