समाचार

हेटौंडाका सुनचाँदी तथा नवरत्न व्यवसायीहरु आन्दोलित

हेटौंडाका सुनचाँदी तथा नवरत्न व्यवसायीहरु आन्दोलित

हेटौंडा । मकवानपुरका नवरत्न तथा सुनचाँदी ब्यवसायीहरुले आफ्नो ब्यवसायीक पसलहरु बन्द गरि बिरोध जनाएका छन् । नेपाल सरकारले सुनचाँदीमा २ प्रतिशत बिलासिता कर , बहुमुल्य हिरा , पत्थरमा १३ प्रतिशत बढाएको भ्याटको खारेजीको माग राख्दै नवरत्न व्यवसायी संघ नेपालले बिरोध जनाउँदै देशैभरी ब्यवसायीक कामकाजहरु ठप्प पारेका हुन् । सुनको भ्याट ६ प्रतिशत कायम राख्न , सुनको बिलासिता २ प्रतिशत कर , बहुमुल्य हिरा पत्थरमा बढाएको १३ प्रतिशत कर खारेज गरि , सुनचाँदी , हिरा , पत्थर कारोबारको लागि प्रष्ट नीति कायम गर्न माग राख्दै हामीले हाम्रो ब्यवसाय बन्द गरेका हौं , नवरत्न ब्यवसायी संघ नेपालका केन्द्रिय सचीव एबम् श्री आरके…
Read More
बागमती प्रदेशमा तालिमपश्चात रोजगारीसँग जोडिने प्रणाली आवश्यक: मन्त्री महर्जन

बागमती प्रदेशमा तालिमपश्चात रोजगारीसँग जोडिने प्रणाली आवश्यक: मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले तालिम केवल तालिमका लागि मात्र नभई, तालिम दिइसकेपछि रोजगारीसँग जोडिने गरी सञ्चालन गर्नुपर्ने बताएका छन्। मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजनामा तथा श्रम, रोजगार तथा यातायात मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहआयोजनामा आजदेखि सुरु भएको दुईदिने "महिला उद्यमी रोजगार मेला २०८२ तथा बागमती प्रदेशस्तरीय महिला उद्यमी व्यवसायी कार्यशाला गोष्ठी"मा मन्त्री महर्जनले यस्तो बताएका हुन्। मन्त्री महर्जनले तालिम दिइसकेपछि प्रत्यक्ष रूपमा रोजगारीसँग आबद्ध हुने व्यवस्था भए श्रम मन्त्रालय सहकार्य गर्न तयार रहेको बताएका छन्। साथै, बागमती प्रदेशमा रोजगारी सिर्जनाका लागि आफूहरू लागिपरेको र सबैलाई सहकार्यका लागि अघि आउन आग्रह गरेका छन्।…
Read More
हेटौंडामा चियालयको उद्घाटन

हेटौंडामा चियालयको उद्घाटन

हेटौंडा । "बैदेशिक रोजगारी होइन, अब स्वदेशमै केही गरौं" भन्ने सोचसहित केही युवा उद्यमीले सहलगानीमा सञ्चालनमा ल्याएको चियालय हेटौंडामा उद्घाटन गरिएको छ। चियालयको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नगर प्रमुख लामाले स्वदेशमै केही गर्ने आँट र लगानी गरेका युवाहरूको प्रयास सराहनीय भएको बताउँदै उपमहानगरपालिकाले यस्ता योजनाहरूलाई प्रोत्साहन र आवश्यक सहयोग गर्न सधैं तयार रहेको बताइन्। सहलगानीमा सञ्चालन गरिएको चियालयमा युवाहरू संलग्न छन्। चियालयमा नेपाली स्वादको विविध परिकार र चियाका परिकारहरू उपलब्ध छन्, जसले स्थानीय उत्पादन र रोजगार सिर्जना दुबैमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
Read More
हेटौंडामा सेवाग्राही तातो घामको राप सहँदै बाटोमा प्रदर्शन गर्न बाध्य

हेटौंडामा सेवाग्राही तातो घामको राप सहँदै बाटोमा प्रदर्शन गर्न बाध्य

हेटौंडा । हुनत मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय होस् कि प्रदेश सभा, या होस् स्थानीय सरकार यी तिनै तहको सरकार र सम्बन्धित सरोकारवालाहरु अबको आवमा कस्तो बजेट ल्याउनी भन्ने चिन्तामा दिनप्रतिदिन छलफलमा ब्यस्त छन् , स्वभाबिक पनि हो । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले केही समय अगाडि मुख्य मन्त्री बहादुरसिं लामालाई ५९ बुदे मागपत्र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले मार्फत र समाजवादी जिल्ला कमिटीले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने मार्फत मागपत्र बुझाएको थियो । ति मागहरुको सम्बोधन भयोकी भएन भनेर शान्तिपुर्ण रुपले कुनैकिसिमको हुलहुज्जत नगरी ध्यानाकर्षण , धर्ना कार्यक्रम राख्दाखेरी हामिलाइ यो प्रचण्ड गर्मीमा…
Read More
हेटौंडामा कपडाको जुत्ता बनाउने तालिमको उद्घाटन

हेटौंडामा कपडाको जुत्ता बनाउने तालिमको उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारमा ढाका, मलमलको कपडाको जुत्ता बनाउने तालिमको उद्घाटन गरिएको छ । सिमलटार टोल विकास संस्थाको आयोजना र हेटौंडा ११ नम्बर वडाको आर्थिक सहयोगमा आयोजित ७ दिने तालिमको उद्घाटन वडाध्यक्ष जुना दाहालले गरेकी हुन् । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरले जानकारी दिए । तालिम उद्घाटनमा वडा सदस्य सन्जय बिडारी, तालिमका प्रशिक्षक मीना सुवेदी, वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोविस सल्लाहकार प्रभाकर पुडासैनी, उमेश बस्नेत लगायतकाको आतिथ्यता रहेको थियो ।
Read More
हेटौंडामा ‘संघीय संरचनामा स्थानीय सरकार र हेटौंडाको विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडामा ‘संघीय संरचनामा स्थानीय सरकार र हेटौंडाको विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा 'संघीय संरचनामा स्थानीय सरकार र हेटौंडाको विकास' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गरेका हुन्। मुख्यमन्त्री लामाले संघीय संरचनामा स्थानीय सरकारहरूको भूमिका अझ प्रभावकारी बनाउन यस्ता अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले हेटौंडाको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै समन्वयात्मक कार्यशैली आवश्यक रहेको धारणा राखे। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले संघीयताको कार्यान्वयन, स्थानीय तहको अधिकार प्रयोग, बजेट व्यवस्थापन, पूर्वाधार विकासलगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
Read More
हेटौँडामा तामाङ लिपिको ३ दिने प्रशिक्षण सुरु

हेटौँडामा तामाङ लिपिको ३ दिने प्रशिक्षण सुरु

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङ समुदायको मौलिक लिपि (तामयिग) सम्बन्धी तीन दिने विशेष प्रशिक्षण कार्यक्रम हेटौंडामा सुरु भएको छ। तामाङ भाषा र लिपिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम यहि जेठ ३० गतेसम्म सञ्चालन हुने छ। कार्यक्रमको उद्घाटन संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा तामाङ पत्रकार संघका केन्द्रीय सचिव आदर्श सिं थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन सत्रमा प्रमुख अतिथि थोकरले तामाङ समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षण अहिलेको आवश्यकता भएको बताए। उनले यस्ता प्रशिक्षणहरूले समुदायमा भाषिक चेतना र जातीय गर्वको भावना विकास गर्ने विश्वास व्यक्त गरे। संघका अध्यक्ष मोक्तानले भने अहिलेको पुस्तामाझ तामाङ लिपिको प्रयोग…
Read More
हेटौँडामा सड़क दुर्घटना न्यूनीकरणको लागि सरोकारवालाहरुको प्रतिबद्धता

हेटौँडामा सड़क दुर्घटना न्यूनीकरणको लागि सरोकारवालाहरुको प्रतिबद्धता

हेटौँडा । मकवानपुरमा सड़क दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायहरू एकजुट भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनको समन्वयमा मंगलबार आयोजित सचेतना अभिवृद्धि तथा छलफल कार्यक्रममा सहभागीहरुले दुर्घटना घटाउने उपायहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइटजस्ता ट्राफिकमा अवरोध पुर्‍याउने उपकरण हटाउने निर्णय लिइएको छ। सहभागीहरुले सम्बन्धित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै दुर्घटनाका कारण घटाउने दिशामा साझा प्रयास गर्न तयार रहेको जनाएका छन्। प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक माधव अधिकारी, अटो तथा…
Read More
हेटौँडाको अर्वान रोडको स्ल्याब ढलान शुरु

हेटौँडाको अर्वान रोडको स्ल्याब ढलान शुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित राप्ती रिभर साइड छेउको हेटौंडा अर्वान रोडको स्ल्याब ढलान शुरु गरिएको छ । शुभप्रभात निर्माण सेवाले ४८ लाख ८३ हजार ८ सय ८४.५ रुपैयाँ लागतमा ढलानको जिम्मा लिएको र बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अंतरगत यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौंडाको बजेटमा रोड ढलान हुन लागेको पुर्वाधार निर्देशनालय योजना शाखाकी इन्जिनियर पुजा घिमिरेले जानकारी दिइन् । काम सम्पन्न २८ गतेसम्म गरिसक्ने योजना रहेको ठेकेदार सन्देश लामाले जानकारी दिए । ६ मिटर चौडाइ , ३ सय मीटर लम्बाईको रोड ढलान हुन लागेको हो । रोड ढलानको उदघाटन हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी अध्यक्ष…
Read More
बुढीचौरका गृहिणी मौरीपालन तालिममा

बुढीचौरका गृहिणी मौरीपालन तालिममा

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरका गृहिणी महिलाहरू मौरीपालनसम्बन्धी एक हप्ते तालिममा सहभागी भएका छन्। गृहिणी महिला सशक्तिकरण परियोजनाअन्तर्गत नव चेतनशील समाज नेपालले आयोजना गरेको तालिम मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको साझेदारीमा सञ्चालन भइरहेको हो। तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गरे। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष स्याङ्तानले गृहिणी महिलाहरूलाई उद्यमशील बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। "सीप सिकेर उद्यमशील बन्ने विषय चानचुने होइन," उनले भने, "आफ्नै गाउँमै आएको यो अवसरलाई उपयोग गर्दै आर्थिक आम्दानी बढाउन लागिपर्नुहोस्।" पालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीनले तालिममार्फत महिलाहरूलाई स्वरोजगार बनाउने अभियानमा पालिका लागिपरेको जानकारी दिइन्। "ब्युटिसियन, ब्याग, गलैँचा बुन्नेजस्ता तालिममार्फत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.