समाचार

हेटौंडा बजारमा झोला तान्ने र यात्रुलाई दुःख दिनेहरूमाथि कडा कारवाही गर्न प्रहरी प्रमुखको निर्देशन

हेटौंडा बजारमा झोला तान्ने र यात्रुलाई दुःख दिनेहरूमाथि कडा कारवाही गर्न प्रहरी प्रमुखको निर्देशन

हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण पौडेलले हेटौंडाको मुख्य बजार क्षेत्रमा यात्रुहरुलाई दुःख दिने र झोला तान्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि तत्काल कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सोमबार हेटौंडा–११ थानाभ¥याङस्थित प्रदेश प्रहरी कार्यालयमा सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी गम्भीर र प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बजार क्षेत्रमा सार्वजनिक यातायात, विशेषगरी सुमोमा यात्रा गर्ने यात्रुहरूमाथि हुने अभद्र व्यवहार, झोला तानातानजस्ता क्रियाकलाप रोक्न आवश्यक कडा कदम चालिने स्पष्ट गर्नुभयो। डीआईजी पौडेलले ट्राफिक दुर्घटनाको न्युनिकरण, भिड नियन्त्रण, भिआइपी सुरक्षा र विपद् व्यवस्थापनलाई प्रहरीको प्राथमिकतामा राखिएको उल्लेख गर्दै जनगुनासोलाई सम्बोधन गर्ने…
Read More
मकवानपुरे गायक जनक लामाको ‘माछी खोलीमा’ सार्वजनिक

मकवानपुरे गायक जनक लामाको ‘माछी खोलीमा’ सार्वजनिक

मकवानपुर । मकवानपुरे गायक जनक लामा र गायिका जितु लोप्चनको स्वरमा सजिएको नयाँ तामाङ सेलो गीत ‘माछी खोलीमा’ सार्वजनिक भएको छ। गायक लामाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ। प्रज्वल दोङको शब्द र चेतन लामाको संगीत रहेको गीत सानोबाबु घिसिङको एरेन्ज र मिक्सिङमा फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो। लोकधुनमा आधारित गीत ‘माछी खोलीमा’ तामाङ समुदायको सांगीतिक र सांस्कृतिक पहिचान झल्काउने खालको रहेको गायक जनक लामाले बताएका छन्। गीतले सार्वजनिक भएको तीन दिनमै १९ हजारभन्दा बढी भ्यु पाइसकेको छ। गायक लामाले गीतमार्फत नेपाली लोकसंस्कृति सम्वर्द्धनमा योगदान दिन खोजिएको उल्लेख गर्दै छिट्टै…
Read More
नेकपा (माओवादी केन्द्र) हेटौँडा–१४ को अध्यक्षमा सानु कान्छा रुम्बा

नेकपा (माओवादी केन्द्र) हेटौँडा–१४ को अध्यक्षमा सानु कान्छा रुम्बा

हेटौँडा । नेकपा (माओवादी केन्द्र) हेटौँडा उपमहानगरपालिका वडा नं. १४ को तेस्रो वडा सम्मेलन मंगलबार सम्पन्न भएको छ। सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सम्मेलनबाट सानु कान्छा रुम्बा अध्यक्षमा चयन हुनुभएको छ। उपाध्यक्षमा चन्द्र बहादुर स्याङ्तान र राजकुमार भोलन, सचिवमा बिर बहादुर प्रज्ञा, सह–सचिवमा उर्मिला पौडेल तथा कोषाध्यक्षमा शोभा घले निर्वाचित हुनुभएको छ। त्यसैगरी माया घलानसहित २९ सदस्यीय नयाँ वडा समिति सर्वसम्मत रूपमा चयन भएको माओवादी केन्द्रका विवेक राईले जानकारी दिनुभयो ।
Read More
हेटौंडामा फुलकन्ट्र्याक्ट कराते प्रतियोगिता सम्पन्न

हेटौंडामा फुलकन्ट्र्याक्ट कराते प्रतियोगिता सम्पन्न

हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION हेटौंडाको आयोजनामा वार्षिक कार्यक्रम अन्तर्गत कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बुद्धि नाथ न्यौपानेको सभाध्यक्षता तथा बागमती प्रदेशका खेलकुद मन्त्री मीन कृष्ण महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगितामा महिला २५, ३५, ४५, ५० केजी तथा पुरुष २५, ३०, ३५, ४५ केजी तौल समूहमा मकवानपुरका विभिन्न उप-डोजोहरूबाट १०० जना खेलाडीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामा, नेपाल बालकुमारी क्योकुशिन कराते संघका संस्थापक अध्यक्ष सुरेन डंगोल, हेटौंडा उपमहानगरपालिका–१८ का वडा अध्यक्ष अनिल बानिया, बागमती प्रदेश खेलकुद परिषद सदस्य सविन भट्टाचार्य, इन्टरनेशनल अर्थक्वेक…
Read More
हेटौँडाबाट चोरी भएको ट्रक दुई साता पछि फेला, एक जना पक्राउ

हेटौँडाबाट चोरी भएको ट्रक दुई साता पछि फेला, एक जना पक्राउ

मकवानपुर । मकवानपुरमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको ट्रक दुई साता पछि फेला परेको छ। ट्रकका मालिक गणेश बरुवालका अनुसार ना ६ ख ८५५ नम्बरको उक्त ट्रक मिति २०८२ जेठ १३ गते अज्ञात स्थानबाट चोरी भएको थियो। जिल्ला प्रहरी कार्यालयमा प्राप्त जाहेरीका आधारमा गरिएको अनुसन्धानपछि सोही दिन राति हेटौँडा नगरपालिका वडा नं. ३ स्थित बसामाडी क्षेत्रबाट ट्रक फेला पारिएको हो। प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको थियो। आज मिति २०८२ जेठ २६ गते ट्रकका धनी गणेश बरुवाललाई बोलाई ट्रक सनाखत गराई पुष्टि भएपछि उक्त ट्रक उनैलाई बुझाइएको छ। यस चोरी प्रकरणमा मकवानपुरगढी गाउँपालिका वडा नं. १ का…
Read More
भूमि आयोग मकवानपुरले पालिकामा समन्यव गर्न फोकल पर्सन ताेक्याे

भूमि आयोग मकवानपुरले पालिकामा समन्यव गर्न फोकल पर्सन ताेक्याे

मकवानपुर । भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लामा रहेको भूमि सम्बन्धी समस्या समधानका लागि हरसम्भव प्रयासहरु गरिरहेको छ । आयोगको नयाँ नेतृत्व आएसंगै जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लामो समदेखिको समस्या समाधनकालागि छलफल, अन्तरकृया, समन्वय र सहकार्यलाई द्रुत गतिमा अगाडी बढाएको छ । यसै क्रममा आयोगका अध्यक्ष बलराम बलको अध्यक्षतामा आईतबार बसेको बैठकले भूमि समस्या समाधानका लागि फोकल पर्सन तोकेर सदस्यहरुलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय पालिकाहरुसंग समन्वय र सहकार्य गर्ने र द्रुत गतिमा काम अगाडी बढाउने उदेश्यका साथ विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईलाई हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको जिम्मेवारी दिने निर्णय…
Read More
पहिलो सुपरफाष्ट चार्जिङ स्टेशन हेटौंडामा

पहिलो सुपरफाष्ट चार्जिङ स्टेशन हेटौंडामा

हेटौंडा । नेपाली पानीबाट उत्पादन भएको विद्युत्‌लाई अधिकतम् उपयोगका लागि पछिल्लो समय इलेक्ट्रोनिक्स सवारीहरुमा गरिने चार्जिङ स्टेशनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् । नेपाली बजारमा विद्युत् उपकरण ट्रान्सर्फमर उत्पादन गर्ने उद्योगका रुपमा नाम कमाएको ॅनिक’ ले नेपालमा पहिलो पटक सञ्चालनमा ल्याएको सुपरफाष्ट चार्जिङ स्टेशनको मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् । स्टेशन उद्घाटन गदै मुख्यमन्त्री लामाले पहिलो पटक नया“ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभर लैजानु जरुरी रहेको बताए । उनले वातावरण संरक्षणका लागि इलेक्ट्रोनिक चार्जिङ स्टेशन जरुरी रहेको भन्दै सेवा बिस्तारमा लाग्न सुझाव दिए । स्टेशनका कारण नेपाली बजारमा रहेको आर्थिक स्रोत यहीं रहन सहज हुने बताएका उनले नया“…
Read More
हेटौँडामा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ७ देखि

हेटौँडामा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ७ देखि

हेटौंडा । राष्ट्रिय परिचयपत्र सेवामा दिनप्रतिदिन बढ्दो चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा समय विस्तार गरेको छ। कार्यालयका अनुसार आगामी जेठ २६ गतेदेखि राष्ट्रिय परिचयपत्र शाखा बिहान ७:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म खुला रहनेछ। यस निर्णयले विवरण दर्ता गराउन आउने वा तयार भइसकेको परिचयपत्र लिन आउने सेवाग्राहीहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयको सीमित जनशक्ति तथा सेवाग्राहीको चापको सन्तुलन मिलाउन सेवा समय लम्ब्याउने निर्णय लिएको हो। सेवाग्राहीहरूले यस नयाँ समयतालिका अनुसार सेवा लिने तयारी गर्न कार्यालयले अनुरोध गरेको छ। प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रभावकारी र छिटोछरितो…
Read More
हेटौंडामा एक दिवसीय ई.पि.एस. तालिम सम्पन्न, ४३ महिलाको सहभागिता

हेटौंडामा एक दिवसीय ई.पि.एस. तालिम सम्पन्न, ४३ महिलाको सहभागिता

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा एक दिवसीय ई.पि.एस. (इफेक्टिभ पब्लिक स्पिकिङ) तालिम शनिबार हेटौंडामा सम्पन्न भएको छ। तालिममा जिल्लाका विभिन्न क्षेत्रबाट ४३ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रम महिला उद्यमी विकास समितिका सभापति सितादेवी भेटवालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संघका अध्यक्ष प्रमोद सिंह रानाभाट प्रमुख अतिथि रहनुहुन्थ्यो भने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष कृष्ण कटुवाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ता, सल्लाहकार नरेन्द्र भण्डारी, उपाध्यक्ष काव्यमणि अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, सहकोषाध्यक्ष निलम वैद्य, सचिव कुलप्रसाद चौलागाईं, निवर्तमान सभापति अंकिता सुमार्गी, कासस विक्रम…
Read More
‘सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’ – नगर प्रमुख लामा

‘सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’ – नगर प्रमुख लामा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको छ। शनिबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित ‘सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौती र अवसर’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै नगर प्रमुख लामाले पछिल्लो समयमा समाजमा मानवता हराउँदै गएको उल्लेख गर्नुभयो। उहाँले सञ्चारकर्मीहरुले नेताहरुको भिजनलाई तल्लो तहसम्म पुर्‍याउने, समाजलाई सुसूचित गर्ने र नेतृत्वलाई जवाफदेही बनाउने कार्यमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो। “हिनता, त्रास र डरमा भएको नेतृत्वले समाजको विकास गर्न सक्दैन,” नगर प्रमुख लामाले भन्नुभयो, “देश र समाजप्रति दृष्टिकोण नकारात्मक हुँदा संविधान र व्यवस्था नै असफल हुन सक्छ।”…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.