मकवानपुर । भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लामा रहेको भूमि सम्बन्धी समस्या समधानका लागि हरसम्भव प्रयासहरु गरिरहेको छ । आयोगको नयाँ नेतृत्व आएसंगै जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लामो समदेखिको समस्या समाधनकालागि छलफल, अन्तरकृया, समन्वय र सहकार्यलाई द्रुत गतिमा अगाडी बढाएको छ ।
यसै क्रममा आयोगका अध्यक्ष बलराम बलको अध्यक्षतामा आईतबार बसेको बैठकले भूमि समस्या समाधानका लागि फोकल पर्सन तोकेर सदस्यहरुलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय पालिकाहरुसंग समन्वय र सहकार्य गर्ने र द्रुत गतिमा काम अगाडी बढाउने उदेश्यका साथ विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईलाई हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै सदस्यहरु दिलमाया घर्तीलाई थाहा नगरपालिका, बागमती र भिमफेदी गाउँपालिका तथ अर्का सदस्य कविन साङगामीलाई बकैया, मकवानपुरगढी र ईन्द्रसरोवर गाउँपालिकाको जिम्मेवारी दिएको छ ।
त्यस्तै बैठकले बागमती गाउँपालिकाबाट प्राप्त ११४ वटा फाईलको स्वामित्व यकिन गर्न मालपोत कार्यालयमा लेखि पठाउने निर्णय गरेको छ । पालिकाबाट प्राप्त विवरण अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी हुन ? कि हाईन ? भनेर रुजु गर्न ती फाईल मालपोत कार्यालय पठाउने निर्णय गरेको आयोगकी सदस्य दिलमाया घर्तीले बताउनुभयो ।
त्यस्तै विगतको आयोगद्धारा नसमेटिएको÷गर्न बाँकी अधुरो काम तथा अहिलेको कार्यादेशले समेत नसमेटेका विषयहरु जस्तै फिल्ट बुकमा नाम भएर पनि कैफियतमा वन, ऐलानी जनीएको, भोगलगत नभेटिएका, नाम नक्सा भएर पनि पिल्डबुलमा नाम नभेटिएकाहरुको सहमस्या समाधानका लागि कसरी अगाडी बढ्न सकिन्छ भनेर केन्द्रिय आयोगमा पत्राचार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
पुस्तौ पुस्ता भोगचलन गर्दै आएको, पुरोनो नापी भएको तर पिल्डबुकमा नाम नभेटिएको, भेटिएपनि भोग लगत नभेटिएको वा वन तथा ऐलानी जनीएको जस्ता समस्या समाधानका लागि अहिलेको कार्यादेशले पनि नबोलेको हुँदा केन्द्रिय आयोगमा लेखि पठाईएको उहाँले बताउनुभयो