Day: २०८२ जेष्ठ २६, सोमबार १९:११ गते

हेटौँडाबाट चोरी भएको ट्रक दुई साता पछि फेला, एक जना पक्राउ

हेटौँडाबाट चोरी भएको ट्रक दुई साता पछि फेला, एक जना पक्राउ

मकवानपुर । मकवानपुरमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको ट्रक दुई साता पछि फेला परेको छ। ट्रकका मालिक गणेश बरुवालका अनुसार ना ६ ख ८५५ नम्बरको उक्त ट्रक मिति २०८२ जेठ १३ गते अज्ञात स्थानबाट चोरी भएको थियो। जिल्ला प्रहरी कार्यालयमा प्राप्त जाहेरीका आधारमा गरिएको अनुसन्धानपछि सोही दिन राति हेटौँडा नगरपालिका वडा नं. ३ स्थित बसामाडी क्षेत्रबाट ट्रक फेला पारिएको हो। प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको थियो। आज मिति २०८२ जेठ २६ गते ट्रकका धनी गणेश बरुवाललाई बोलाई ट्रक सनाखत गराई पुष्टि भएपछि उक्त ट्रक उनैलाई बुझाइएको छ। यस चोरी प्रकरणमा मकवानपुरगढी गाउँपालिका वडा नं. १ का…
Read More
भूमि आयोग मकवानपुरले पालिकामा समन्यव गर्न फोकल पर्सन ताेक्याे

भूमि आयोग मकवानपुरले पालिकामा समन्यव गर्न फोकल पर्सन ताेक्याे

मकवानपुर । भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लामा रहेको भूमि सम्बन्धी समस्या समधानका लागि हरसम्भव प्रयासहरु गरिरहेको छ । आयोगको नयाँ नेतृत्व आएसंगै जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लामो समदेखिको समस्या समाधनकालागि छलफल, अन्तरकृया, समन्वय र सहकार्यलाई द्रुत गतिमा अगाडी बढाएको छ । यसै क्रममा आयोगका अध्यक्ष बलराम बलको अध्यक्षतामा आईतबार बसेको बैठकले भूमि समस्या समाधानका लागि फोकल पर्सन तोकेर सदस्यहरुलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय पालिकाहरुसंग समन्वय र सहकार्य गर्ने र द्रुत गतिमा काम अगाडी बढाउने उदेश्यका साथ विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईलाई हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको जिम्मेवारी दिने निर्णय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.