हेटौंडामा एक दिवसीय ई.पि.एस. तालिम सम्पन्न, ४३ महिलाको सहभागिता

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा एक दिवसीय ई.पि.एस. (इफेक्टिभ पब्लिक स्पिकिङ) तालिम शनिबार हेटौंडामा सम्पन्न भएको छ। तालिममा जिल्लाका विभिन्न क्षेत्रबाट ४३ जना महिलाको सहभागिता रहेको थियो।

कार्यक्रम महिला उद्यमी विकास समितिका सभापति सितादेवी भेटवालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संघका अध्यक्ष प्रमोद सिंह रानाभाट प्रमुख अतिथि रहनुहुन्थ्यो भने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष कृष्ण कटुवाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ता, सल्लाहकार नरेन्द्र भण्डारी, उपाध्यक्ष काव्यमणि अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, सहकोषाध्यक्ष निलम वैद्य, सचिव कुलप्रसाद चौलागाईं, निवर्तमान सभापति अंकिता सुमार्गी, कासस विक्रम संजेल, आमन्त्रित अतिथि राजाराम कार्की, पूर्व सभापति निरा गोर्खाली र सुशिला पाण्डे, पूर्व कावा सभापति देवकुमारी ढकाललगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

सभापति भेटवालले महिलाहरुलाई प्रेरित गर्दै भनिन्, “सपना पूरा गर्न आफैँ क्रियाशील हुनुपर्छ, तालिम लिन आउनु नै सफलता तर्फको पहिलो पाइला हो।” उहाँले अवसर गुमाउने डर नगरी तत्कालीन अवस्थामा तालिम लिएर भविष्यमा सफल उद्यमी बन्न सकिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि कृष्ण कटुवालले ई.पि.एस. तालिम महिला उद्यमशीलताको विकासमा महत्वपूर्ण साबित हुने उल्लेख गर्नुभयो। प्रमुख अतिथि रानाभाटले भने संघ महिला उद्यमीहरुलाई सक्षम बनाउन यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

तालिममा प्रशिक्षक विवेक आनन्द न्यौपानेले सहभागीहरुलाई भाषण कलासम्बन्धी विभिन्न पक्षहरू – जस्तै माइक कन्ट्रोल, आई कन्ट्याक्ट, शब्द चयन, शारीरिक प्रस्तुति र व्यक्तित्व विकास आदि विषयमा प्रशिक्षण दिनुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.