हेटौंडामा सेवाग्राही तातो घामको राप सहँदै बाटोमा प्रदर्शन गर्न बाध्य

हेटौंडा । हुनत मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय होस् कि प्रदेश सभा, या होस् स्थानीय सरकार यी तिनै तहको सरकार र सम्बन्धित सरोकारवालाहरु अबको आवमा कस्तो बजेट ल्याउनी भन्ने चिन्तामा दिनप्रतिदिन छलफलमा ब्यस्त छन् , स्वभाबिक पनि हो ।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले केही समय अगाडि मुख्य मन्त्री बहादुरसिं लामालाई ५९ बुदे मागपत्र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले मार्फत र समाजवादी जिल्ला कमिटीले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने मार्फत मागपत्र बुझाएको थियो ।

ति मागहरुको सम्बोधन भयोकी भएन भनेर शान्तिपुर्ण रुपले कुनैकिसिमको हुलहुज्जत नगरी ध्यानाकर्षण , धर्ना कार्यक्रम राख्दाखेरी हामिलाइ यो प्रचण्ड गर्मीमा प्रहरी , सशस्त्र प्रहरी लगाएर बिचबाटैमा रोकियो र मुख्यमन्त्रीको कार्यालयमा जनताको पैसाले जनता बस्न बनाइएको टहरोमा समेत बस्न दिइएन पार्टीका बागमती प्रदेश अध्यक्ष भिमप्रसाद दाहालले बताए ।

हामी जिल्ला बाहिर र जिल्ला भित्रकालाइ घाममा टट्टाइयो र हामी बिच बाटामा तातो घाममा बसेर आफ्नो मागप्रति मुख्य मन्त्रीप्रतीको ध्यानाकर्षण गरायौं र आफ्नो शालिनता देखायौ अध्यक्ष दाहालले भने । हामी जनताको माग राख्दै देसको सातै प्रदेशमा प्रदर्शन गरिरहेका छौ , हामीलाई सरकारको तानाशाह प्रवृत्तिले सानो पार्टी , राष्ट्रिय पार्टी पनि बन्न नसकेको पार्टी भनेर तुच्छ व्यवहार गर्यो । हामीलाई सानो सोच्ने काम नगरियोस् , हामी जनताको पक्षमा बोलिरहेका पार्टी हौं , हामीले चाहेमा धेरै कुरा गर्न सक्छौं अध्यक्ष दाहालले मासलाइ सम्बोधन गर्दै बताए ।

बोल्नेक्रममा पार्टीका बगमती प्रदेश सचिव एल्पी श्रेष्ठले सरकारले देशमा निरङ्कुसता लादेको बताए । जनताले बोल्न , बिरोध गर्न , आमसभा गर्न , विभिन्न प्रदर्शन गर्न पाउछ लोकतान्त्रिक गणतन्त्र त्यसैको लागि ल्याइएको हो तर बर्तमान सरकारले जनताको आवाज दबाउन हरप्रयास गरेको छ त्यो दु:खद कुरा हो भने । यो सरकारले हाम्रो माग पूरा गर्नुपर्नेमा उल्टै हामीमाथी शक्ति प्रदर्शन गर्नु निन्दनिय छ श्रेष्ठले बताए ।

धर्ना कार्यक्रममा केन्द्रिय पोलिट्ब्युरो सदस्य मुनु सिग्देल , सल्लाहकार यादव गजुरेल , केन्द्रिय सदस्य राजाराम स्याङ्तान , प्रदेश कमिटी सदस्य कल्पना बिस्वकर्मा , रामेश राई , बिष्णु चेपाङ , बेगम बराल किशोर ब्लोन ( नियोग ) , पार्टी जिल्ला अध्यक्ष विष्णु दाहाल , जिल्ला सचिव किशोर बर्तौला लगायत नगर , वडा कमिटीका पदाधिकारीहरुको सहभागीता रहेको थियो । देशभरिको सातै प्रदेशमा एकसाथ प्रदर्शन भएको छ , यदि हाम्रो माग छिटोभन्दा छिटो पूरा भएन भने हाम्रो प्रदेश भरी प्रदर्शन गतिविधिहरु भैरहन्छ ,नेकपा एकीकृत ( समाजवादी ) बागमती प्रदेश कमिटीले जनाएको छ । ले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.