हेटौंडा । मकवानपुरका नवरत्न तथा सुनचाँदी ब्यवसायीहरुले आफ्नो ब्यवसायीक पसलहरु बन्द गरि बिरोध जनाएका छन् ।
नेपाल सरकारले सुनचाँदीमा २ प्रतिशत बिलासिता कर , बहुमुल्य हिरा , पत्थरमा १३ प्रतिशत बढाएको भ्याटको खारेजीको माग राख्दै नवरत्न व्यवसायी संघ नेपालले बिरोध जनाउँदै देशैभरी ब्यवसायीक कामकाजहरु ठप्प पारेका हुन् ।
सुनको भ्याट ६ प्रतिशत कायम राख्न , सुनको बिलासिता २ प्रतिशत कर , बहुमुल्य हिरा पत्थरमा बढाएको १३ प्रतिशत कर खारेज गरि , सुनचाँदी , हिरा , पत्थर कारोबारको लागि प्रष्ट नीति कायम गर्न माग राख्दै हामीले हाम्रो ब्यवसाय बन्द गरेका हौं , नवरत्न ब्यवसायी संघ नेपालका केन्द्रिय सचीव एबम् श्री आरके एन्ड जीके जेम्स हेटौंडाका संचालक गोकर्ण न्यौपानेले बताए ।
हाम्रो समर्थनमा देशभरीका सुनचाँदी तथा बहुमुल्य पत्थर हिरा , नवरत्न ब्यवसायीहरुले ब्यवसाय बन्द गरि ऎक्यबद्धता जनाएका छन् । हाम्रो माग छिटोभन्दा – छिटो पूरा गरि सहज रुपमा ब्यवसाय गरेर खाने वातावरण बनाइदिन सरकार समक्ष माग राख्दछौ सचीव न्यौपानेले सबै समाचारलाई बताए ।





























