२०८२ जेष्ठ ३१, शनिबार १८:५६ गते
२०८२ जेष्ठ ३१, शनिबार १८:५६ गते
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक मेयर राजेश बानियाँले हेटौंडा बजारको दिगो व्यवस्थापनका लागि कम्तीमा २५ मिटर सडक विस्तार अत्यावश्यक रहेको बताउनुभएको छ। शनिबार मकवानपुर फर्निचर व्यवसायी संघको १९औं साधारणसभा तथा अधिवेशनमा बोल्दै उपप्रमुख बानियाँले बजारको अव्यवस्थित विस्तार र दिनप्रतिदिन कुरुप बन्दै गएको अवस्थालाई रोक्न सडक चौडाइको आवश्यकता औंल्याउनुभयो। “सडक विस्तार विकासको अपरिहार्य प्रक्रिया हो। यसलाई लिएर राजनीति गर्नुहुन्न,” बानियाँले भन्नुभयो, “व्यवसायीहरू विस्थापित हुन नपरोस् भन्ने सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध छ।” उहाँले सडक विस्तारका क्रममा घरधनी, व्यवसायी, राजनीतिक दल लगायत सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। साथै, हेटौंडाबाट व्यवसायीहरू पलायन नहोस् भनेर निरन्तर रुपमा आवश्यक पहल…