हेटौँडाको राप्तिरोडमा ढल निर्माणका कारण वैकल्पिक मार्गको व्यवस्था

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै हेटौँडाको राप्तीरोडस्थित सडकखण्डमा ढल निर्माण कार्यका कारण सडक डाइभर्सन गरिएको जानकारी दिएको छ।

प्रहरीका अनुसार जेठ ३१ गते अपराह्न ४:५५ बजेबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्तीरोडको बुद्ध चोकदेखि जिल्ला प्रहरी कार्यालय मोडसम्मको सडक खण्डमा ह्युमपाइप बिछ्याउने कार्य सुरु भएको छ। सो निर्माण कार्यका कारण सवारी आवागमनमा असहजता नहोस् भन्ने उद्देश्यले उक्त सडकखण्डमा डाइभर्सन गरि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ।

प्रहरी कार्यालयले सर्वसाधारण, यात्री तथा सवारी चालकहरूलाई डाइभर्सनको पालना गर्न अनुरोध गरेको छ। निर्माण कार्य सम्पन्न नहुन्जेलसम्म सो क्षेत्र भएर गुड्ने सवारी साधनले तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.