हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित डाईभरडाँडामा शनिबार दिउँसो एक यात्रुवाहक बसको ब्रेक फेल हुँदा श्रृंखलाबद्ध सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा १० जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दुर्घटना दिउँसो करिब ३:२० बजे बिरगंजबाट हेटौंडातर्फ गइरहेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसको ब्रेक फेल हुँदा भएको हो। ब्रेक फेल भएपछि बसले अगाडि रहेका सवारीसाधनलाई एकपछि अर्को गर्दै ठक्कर दिँदा दुर्घटना श्रृंखलाबद्ध रूपमा भएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्
























