समाचार

मकवानपुरमा लागुऔषध र हातहतियारसहित एक जना पक्राउ, प्रहरी–स्थानीयबीच झडप

मकवानपुरमा लागुऔषध र हातहतियारसहित एक जना पक्राउ, प्रहरी–स्थानीयबीच झडप

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा प्रहरीले लागुऔषध, इटालियन पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ५० वर्षीय राजु स्याङ्तान हुन्, जसलाई प्रहरीले उनको घरबाट अवैध लागुऔषध र हातहतियार लुकाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार, सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्याङ्तानको घरबाट ३ थान पेस्तोल, दुईवटा म्यागजिन र ३० राउण्ड गोली बरामद गरेको छ। साथै, उनको सुत्ने कोठामा सिरानीमुनि कपडामा बेरेर राखिएको दुई थान पेस्तोल र १८ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ। यस्तै, स्याङ्तानकै घरनजिक चन्द्रलाल मोक्तानको बारीमा रहेको रुखको फेदमा सेतो बोरामा बेरेर…
Read More
हेटौंडामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउन सूचना जारी

हेटौंडामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउन सूचना जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने तयारी सुरु गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानअनुसार उपमहानगरपालिकाले यो कार्य अघि बढाउने भएको हो। उपमहानगरपालिका कार्यालयद्वारा असार २ गते प्रकाशित सूचनामा हेटौंडा उपमहानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा लगायतका निजी संरचनाहरू १५ दिनभित्र हटाउनु भनिएको छ। यस अवधिमा स्वेच्छाले संरचना नहटाएमा नगरपालिकाले अनिवार्य रूपमा हटाउने बताइएको छ। सूचनामा भनिएको छ, "निर्धारित समयभित्र संरचना नहटाइएमा नगरपालिका स्वयंले संरचना हटाउनेछ र त्यससम्बन्धी सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति/संस्थाबाट असुल गरिनेछ।" प्रमुख प्रशासकीय अधिकृत द्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख छ। यसकारण, उपमहानगरपालिकाले…
Read More
बजेट निर्माणका लागि सरोकारवालासँग छलफल गर्दै हेटौंडा उपमहानगरपालिका

बजेट निर्माणका लागि सरोकारवालासँग छलफल गर्दै हेटौंडा उपमहानगरपालिका

हेटौंडा । हेटाैंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु गरेको छ। उक्त प्रक्रिया अन्तर्गत उपमहानगरले प्रतिनिधिमूलक स्थानीय सामाजिक तथा व्यवसायिक संघसंस्थासँग छलफल प्रारम्भ गरेको छ। कार्यक्रम अन्तर्गत आज भएको छलफलमा नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दिपक खड्का, वडा नं. १८ का अध्यक्ष अनिल बानिया, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरूको सहभागिता रहेको थियो। नगर प्रमुख लामाले बजेट निर्माणमा सबै सरोकारवाला पक्षको सहभागिता आवश्यक रहेको बताउँदै सबैको सुझावलाई समेटेर जनमुखी तथा व्यवहारिक बजेट ल्याइने प्रतिबद्धता व्यक्त गरिन्। छलफलमा सहभागी संघसंस्थाका…
Read More
बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिक, पूर्वाधार र सामाजिक विकासमा उच्च प्राथमिकता

बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिक, पूर्वाधार र सामाजिक विकासमा उच्च प्राथमिकता

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नुभयो। पूर्व निर्धारित समय अनुसार बैठक दिउँसो ३ बजे बस्ने तय भएपनि केही राजनीतिक समन्वयको कारण बैठक साँझमात्र सुरु भएको थियो। मन्त्री काफ्लेले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। विभिन्न मन्त्रालयमा विनियोजन गरिएको रकम यसप्रकार छ: भौतिक पूर्वाधार विकास मन्त्रालय — २४ अर्ब ३५ करोड १९ लाख खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय —…
Read More
सिमलटारको पानी जम्ने ठाउँहरुमा वडाले ग्राबेल बिछ्यायो

सिमलटारको पानी जम्ने ठाउँहरुमा वडाले ग्राबेल बिछ्यायो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारको पानी जम्ने ठाउँहरुमा ग्राबेल बिछ्याइएको छ । हेटौंडा ११ नम्बर वडाले करिब ७० ट्रीप ग्राबेल बिच्छ्याएको वडा सदस्य विकास नेपालले जानकारी दिए । वडाध्यक्ष जुना दाहाल र वडा सस्य विकास नेपालको सकृयता र सहयोगमा ग्राबेल ओछ्याउने काम भएको सिमलटार टोल विकास संस्थाका सहसचिव जोशन योन्जनले जानकारी दिए । वर्षाको बेलामा पानी जमेर बाटोमा पानी जम्ने र पानीले निकासा नपाएर घर– घर छिर्ने भएकोले समस्या भयो भन्ने गुनासो बढेपछि वडा सदस्य नेपालसहितको टोलीले स्थलगत निरिक्षण गरी ग्राबेल ओछ्याउने काम गरिएको वडा सदस्य नेपालले बताए ।
Read More
हेटौँडाका विपन्न दलितहरुलाई चल्ला र दाना

हेटौँडाका विपन्न दलितहरुलाई चल्ला र दाना

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित् सागरपथका विपन्न दलितहरुलाई लोटन कुखुराको चल्ला र दाना वितरण गरिएको छ । आस्रय नेपालले हेटौंडा ११ नम्बर वडाको आर्थिक सहयोगमा ४० घरधुरीका दलितहरुलाइ चल्ला र दाना वितरण गरेको हो । आस्रय नेपालकी अध्यक्ष सुनिता बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । विपन्न पिछडिएका दलितहरुलाइ आयआर्जनसंग जोडी आर्थिक सबलताको बाटोमा डोर्‍याउने उदेश्यले कार्यक्रम गरिएको संस्थाकी सचिव मनिषा विश्वकर्माले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, सागरपथ टोल विकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ, सचिव बुद्धिनाथ न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । यसैगरी हेटौंडा ११ स्थित सिमलटारका विपन्न दलितहरूलाई पनि लोटन…
Read More
हेटौंडामा २५ मिटर सडक विस्तारको आवश्यकता : उपप्रमुख बानियाँ

हेटौंडामा २५ मिटर सडक विस्तारको आवश्यकता : उपप्रमुख बानियाँ

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक मेयर राजेश बानियाँले हेटौंडा बजारको दिगो व्यवस्थापनका लागि कम्तीमा २५ मिटर सडक विस्तार अत्यावश्यक रहेको बताउनुभएको छ। शनिबार मकवानपुर फर्निचर व्यवसायी संघको १९औं साधारणसभा तथा अधिवेशनमा बोल्दै उपप्रमुख बानियाँले बजारको अव्यवस्थित विस्तार र दिनप्रतिदिन कुरुप बन्दै गएको अवस्थालाई रोक्न सडक चौडाइको आवश्यकता औंल्याउनुभयो। “सडक विस्तार विकासको अपरिहार्य प्रक्रिया हो। यसलाई लिएर राजनीति गर्नुहुन्न,” बानियाँले भन्नुभयो, “व्यवसायीहरू विस्थापित हुन नपरोस् भन्ने सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध छ।” उहाँले सडक विस्तारका क्रममा घरधनी, व्यवसायी, राजनीतिक दल लगायत सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। साथै, हेटौंडाबाट व्यवसायीहरू पलायन नहोस् भनेर निरन्तर रुपमा आवश्यक पहल…
Read More
हेटौँडाको राप्तिरोडमा ढल निर्माणका कारण वैकल्पिक मार्गको व्यवस्था

हेटौँडाको राप्तिरोडमा ढल निर्माणका कारण वैकल्पिक मार्गको व्यवस्था

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै हेटौँडाको राप्तीरोडस्थित सडकखण्डमा ढल निर्माण कार्यका कारण सडक डाइभर्सन गरिएको जानकारी दिएको छ। प्रहरीका अनुसार जेठ ३१ गते अपराह्न ४:५५ बजेबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्तीरोडको बुद्ध चोकदेखि जिल्ला प्रहरी कार्यालय मोडसम्मको सडक खण्डमा ह्युमपाइप बिछ्याउने कार्य सुरु भएको छ। सो निर्माण कार्यका कारण सवारी आवागमनमा असहजता नहोस् भन्ने उद्देश्यले उक्त सडकखण्डमा डाइभर्सन गरि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। प्रहरी कार्यालयले सर्वसाधारण, यात्री तथा सवारी चालकहरूलाई डाइभर्सनको पालना गर्न अनुरोध गरेको छ। निर्माण कार्य सम्पन्न नहुन्जेलसम्म सो क्षेत्र भएर गुड्ने सवारी साधनले तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ।
Read More
हेटौंडाको डाईभरडाँडामा बसको ब्रेक फेल हुँदा श्रृंखलाबद्ध दुर्घटना, १० जना घाइते

हेटौंडाको डाईभरडाँडामा बसको ब्रेक फेल हुँदा श्रृंखलाबद्ध दुर्घटना, १० जना घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित डाईभरडाँडामा शनिबार दिउँसो एक यात्रुवाहक बसको ब्रेक फेल हुँदा श्रृंखलाबद्ध सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा १० जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दुर्घटना दिउँसो करिब ३:२० बजे बिरगंजबाट हेटौंडातर्फ गइरहेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसको ब्रेक फेल हुँदा भएको हो। ब्रेक फेल भएपछि बसले अगाडि रहेका सवारीसाधनलाई एकपछि अर्को गर्दै ठक्कर दिँदा दुर्घटना श्रृंखलाबद्ध रूपमा भएको प्रहरीले जनाएको छ।
Read More
नेकपा (एकीकृत समाजवादी) मकवानपुरद्वारा दोस्रो चरणको आन्दोलन सम्पन्न

नेकपा (एकीकृत समाजवादी) मकवानपुरद्वारा दोस्रो चरणको आन्दोलन सम्पन्न

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जिल्ला समिति मकवानपुरले सञ्चालन गरेको दोस्रो चरणको जनआन्दोलन अन्तर्गतका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। आन्दोलनका कार्यक्रमहरू पार्टीको केन्द्रिय निर्देशनअनुसार प्रदेशस्तरीय र जिल्लास्तरीय सहभागिता सहित विभिन्न चरणमा सम्पन्न गरिएको हो। पार्टीले 'समाजवादको तयारी' को मूल नाराका साथ संघर्षमा उत्रिएको जनाएको छ। प्रमुख नेताहरूको सहभागिता रहेको जिल्ला समितिको आयोजनामा विभिन्न चरणमा जनजागरण, ज्ञापनपत्र बुझाउने, सभा–सभा लगायतका गतिविधिहरू गरिएको छ। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, जेठ ५ गते केन्द्रिय, प्रदेश र जिल्ला तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको थियो। त्यसपछि, जेठ ७ गते प्रदेश सरकारलाई वैशाख १९ गते बुझाइएको ज्ञापन पत्र स्मरण गराउँदै पुनः बुझाइएको थियो। निरन्तर चरणबद्ध कार्यक्रम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.