हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित् सागरपथका विपन्न दलितहरुलाई लोटन कुखुराको चल्ला र दाना वितरण गरिएको छ । आस्रय नेपालले हेटौंडा ११ नम्बर वडाको आर्थिक सहयोगमा ४० घरधुरीका दलितहरुलाइ चल्ला र दाना वितरण गरेको हो ।
आस्रय नेपालकी अध्यक्ष सुनिता बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । विपन्न पिछडिएका दलितहरुलाइ आयआर्जनसंग जोडी आर्थिक सबलताको बाटोमा डोर्याउने उदेश्यले कार्यक्रम गरिएको संस्थाकी सचिव मनिषा विश्वकर्माले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, सागरपथ टोल विकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ, सचिव बुद्धिनाथ न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

यसैगरी हेटौंडा ११ स्थित सिमलटारका विपन्न दलितहरूलाई पनि लोटन कुखुराको चल्ला र दाना वितरण गरिएको छ । सिमलटारका २५ घरधुरीलाई चल्ला र दाना वितरण गरिएको हो ।
ग्रामीण जिवनस्तर सुधार मंच हेटौंडाको आयोजना र वडा ११ को आर्थिक सहयोगमा चल्ला र दाना उपलब्ध गराइएको हो । मंचकी अध्यक्ष दुर्गा घोरासाइनीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर लगायतको आतिथ्यता रहेको थियो ।
































