हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारको पानी जम्ने ठाउँहरुमा ग्राबेल बिछ्याइएको छ । हेटौंडा ११ नम्बर वडाले करिब ७० ट्रीप ग्राबेल बिच्छ्याएको वडा सदस्य विकास नेपालले जानकारी दिए ।
वडाध्यक्ष जुना दाहाल र वडा सस्य विकास नेपालको सकृयता र सहयोगमा ग्राबेल ओछ्याउने काम भएको सिमलटार टोल विकास संस्थाका सहसचिव जोशन योन्जनले जानकारी दिए ।
वर्षाको बेलामा पानी जमेर बाटोमा पानी जम्ने र पानीले निकासा नपाएर घर– घर छिर्ने भएकोले समस्या भयो भन्ने गुनासो बढेपछि वडा सदस्य नेपालसहितको टोलीले स्थलगत निरिक्षण गरी ग्राबेल ओछ्याउने काम गरिएको वडा सदस्य नेपालले बताए ।
प्रतिकृया दिनुहोस्































