बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिक, पूर्वाधार र सामाजिक विकासमा उच्च प्राथमिकता

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नुभयो।

पूर्व निर्धारित समय अनुसार बैठक दिउँसो ३ बजे बस्ने तय भएपनि केही राजनीतिक समन्वयको कारण बैठक साँझमात्र सुरु भएको थियो।

मन्त्री काफ्लेले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। विभिन्न मन्त्रालयमा विनियोजन गरिएको रकम यसप्रकार छ:

भौतिक पूर्वाधार विकास मन्त्रालय — २४ अर्ब ३५ करोड १९ लाख
खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय — ७ अर्ब २८ करोड ७१ लाख
सामाजिक विकास मन्त्रालय — ४ अर्ब ३५ करोड ९७ लाख
वन तथा वातावरण मन्त्रालय — ३ अर्ब ९९ करोड ६७ लाख
स्वास्थ्य मन्त्रालय — ३ अर्ब ९६ करोड ८८ लाख
संस्कृति तथा पर्यटन मन्त्रालय — ३ अर्ब ६७ करोड ७० लाख
कृषि तथा पशुपन्छी विकास मन्त्रालय — २ अर्ब ६३ करोड ४२ लाख
युवा तथा खेलकुद मन्त्रालय — १ अर्ब १६ करोड
श्रम तथा यातायात मन्त्रालय — ८७ करोड ४१ लाख
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय — ७७ करोड ९६ लाख
आन्तरिक मामिला तथा कानुन मन्त्रालय — ६२ करोड ११ लाख
सहकारी तथा गरिबी निवारण मन्त्रालय — २५ करोड ७८ लाख

बजेटमार्फत प्रदेश सरकारले समावेशी विकास, स्थानीय उत्पादनमा आधारित अर्थतन्त्र र दिगो पूर्वाधार निर्माणमा जोड दिने योजना अघि सारेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.