हेटौंडा । “बैदेशिक रोजगारी होइन, अब स्वदेशमै केही गरौं” भन्ने सोचसहित केही युवा उद्यमीले सहलगानीमा सञ्चालनमा ल्याएको चियालय हेटौंडामा उद्घाटन गरिएको छ। चियालयको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
नगर प्रमुख लामाले स्वदेशमै केही गर्ने आँट र लगानी गरेका युवाहरूको प्रयास सराहनीय भएको बताउँदै उपमहानगरपालिकाले यस्ता योजनाहरूलाई प्रोत्साहन र आवश्यक सहयोग गर्न सधैं तयार रहेको बताइन्।

सहलगानीमा सञ्चालन गरिएको चियालयमा युवाहरू संलग्न छन्। चियालयमा नेपाली स्वादको विविध परिकार र चियाका परिकारहरू उपलब्ध छन्, जसले स्थानीय उत्पादन र रोजगार सिर्जना दुबैमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्





























