समाचार

न्यु डायमन्डले जित्यो नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि

न्यु डायमन्डले जित्यो नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि

हेटौंडा । नेपाल स्पोर्ट क्लबको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा असार ७ गतेदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड क्लबले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि कब्जा गरेको हो। न्यु डायमन्डले एपीएफलाई २५–१२, २५–२३ र २५–१८ को सेटमा पराजित गर्दै प्रभावशाली जित हात पारेको हो। उपाधिसँगै न्यु डायमन्ड क्लबले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ। नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहँदै १ लाख रुपैयाँ प्राप्त गर्न सफल भयो भने गण्डकी प्रदेशले चौथो…
Read More
भीमफेदी गाउँपालिकाले ९० करोड ६ लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो

भीमफेदी गाउँपालिकाले ९० करोड ६ लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ९० करोड ६ लाखको बजेट ल्याएको छ। पालिकाको बार्हौँ गाउँसभामा अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। पछिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको बजेट केही वृद्धि भएको छ। गत वर्ष गाउँपालिकाले ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट ल्याएको थियो। पर्यटन प्रवद्र्धन र ऐतिहासिक शहरको पुनर्जागरणमा जोड अध्यक्ष लामाका अनुसार यो नीति तथा कार्यक्रमले समग्र गाउँपालिकाको समृद्धि र विकासमा टेवा पुग्नेछ। ऐतिहासिक भीमफेदी शहरलाई पुनर्जीवित गरी सांस्कृतिक शहरको रूपमा विकास…
Read More
कैलाश गाउँपालिकाले आगामी वर्षका लागि ५३ करोड ८६ लाखको बजेट सार्वजनिक

कैलाश गाउँपालिकाले आगामी वर्षका लागि ५३ करोड ८६ लाखको बजेट सार्वजनिक

हेटौंडा | मकवानपुर जिल्लाको सबैभन्दा विकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार सम्पन्न १६औं गाउँसभाबाट प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ (६०.९ प्रतिशत) र पूँजीगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ (३९.१ प्रतिशत) विनियोजन गरिएको हो। गत आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँले बजेट वृद्धि भएको गाउँपालिकाले जनाएको छ। चालु आर्थिक वर्षमा ४८ करोड ७८ लाख रुपैयाँको बजेट थियो। मुख्य बजेट विनियोजन विवरण: आर्थिक विकास: २ करोड ७७ लाख ६४ हजार सामाजिक विकास (चालु…
Read More
राक्सिराङ गाउँपालिकाको ६३ करोडको बजेट सार्वजनिक, गाँजा खेतीबारे बहस गर्ने घोषणा

राक्सिराङ गाउँपालिकाको ६३ करोडको बजेट सार्वजनिक, गाँजा खेतीबारे बहस गर्ने घोषणा

हेटौंडा। राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न गाउँसभा बैठकमार्फत यो बजेट प्रस्तुत गरिएको हो। अघिल्लो वर्षको तुलनामा यो बजेट ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। गाउँपालिकाको उपाध्यक्ष बनस्तम थिङले प्रस्तुत गरेको बजेटमा ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ चालु खर्चका लागि र १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ। अनुदान र स्रोत व्यवस्थापन बजेट कार्यान्वयनका लागि आवश्यक रकम संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२…
Read More
औँषधी व्यवसायी संघ मकवानपुरद्वारा शंकरज्योति माविलाई विविध सामग्री सहयाेग

औँषधी व्यवसायी संघ मकवानपुरद्वारा शंकरज्योति माविलाई विविध सामग्री सहयाेग

हेटौँडा । औँषधी व्यवसायी संघ मकवानपुरले स्थापना दिवसका अवसरमा हेटौँडा ११ स्थित शंकरज्योति माविलाई विविध सामग्रीहरु हस्तान्तरण गरेको छ । कार्यक्रममा संघका अध्यक्ष नारायणलाल श्रेष्ठले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयलाई शैक्षिक सामग्री, डिजिटल घडी, प्राथमिक उपचार बाकस लगायतका सामग्री विद्यालयका प्रअ महेश रिजाललाई हस्तान्तरण गरिएको हो । यसैबिच औँषधी व्यवसायी संघका केन्द्रीय सदस्य कपिला जोशीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद ५ हजार ५ सय रुपैयाँ सहयोग गर्ने प्रतिवद्धत्ता जनाएकी छिन् । संघका जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रम अनिश सुवेदी र किसन न्यौपानेको संयोजकत्वमा भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य जोशी, बागमती प्रदेश सदस्य संघर्ष गुरुङ,…
Read More
हेटौँडामा चेतनामूलक चलचित्र ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ प्रदर्शन

हेटौँडामा चेतनामूलक चलचित्र ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ प्रदर्शन

हेटौँडा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा बोक्सी कु–प्रथा विरुद्धको सचेतनामूलक शिक्षामुलक राष्ट्रव्यापी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा हेटौँडाको सहआयोजनामा भएको हो । हेटौँडा ११ को सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा जनचेतनामुलक चलचित्र प्रदर्शन गरिएको हो । संस्थाका कोबिदशरण उपाध्ययको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख आतिथ्यता,हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहालको विशेष आतिथ्यता रहेको थियो । वि.सं. २०७१ सालमा स्थापना भएको संस्थाले जनचेतनामुलक विभिन्न कार्य गर्दै आएको छ । संस्थाले राष्ट्रिय…
Read More
हेटौंडा उपमहानगरको २ अर्ब ९० करोडको बजेट सार्वजनिक, सामाजिक विकास र पूर्वाधारमा जोड

हेटौंडा उपमहानगरको २ अर्ब ९० करोडको बजेट सार्वजनिक, सामाजिक विकास र पूर्वाधारमा जोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभा बैठकमा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्नुभएको हो। गत वर्षको तुलनामा १९ प्रतिशतले वृद्धि गरिएको बजेटमा आन्तरिक आय, राजस्व बाँडफाँड, संघीय–प्रदेश सरकारको अनुदान, र नगर विकास कोषको ऋणलाई स्रोतको रुपमा उल्लेख गरिएको छ। उपमहानगरले आन्तरिक आयबाट ६२ करोड ७६ लाख, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख, संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख, प्रदेश सरकारबाट ११ करोड ४५ लाख र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। बजेटमा…
Read More
हेटौंडामा ५० दिने ‘सडक मर्मत तथा सम्हार’ तालिम सम्पन्न

हेटौंडामा ५० दिने ‘सडक मर्मत तथा सम्हार’ तालिम सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी ‘सडक मर्मत तथा सम्हार विषयक ५० दिने तालिम’ सम्पन्न भएको छ। तालिमको समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो। कार्यक्रम राेजगार सेवा केन्द्र हेटाै‌डा उपमहानगरपालिकाको आयोजना, सेवा प्रदायक संस्था मध्यविन्दु टेक्निकल इन्स्टिच्युट प्रा.लि. को सहकार्यमा सञ्चालन गरिएको थियो। कार्यक्रम प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोगमा भएको हो । समापन कार्यक्रममा प्रशिक्षार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमबाट पाएको ज्ञान र सीप भविष्यमा रोजगार तथा आत्मनिर्भर जीवन निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रम वडा…
Read More
हेटौंडामा व्यवसायी र बैंकबीच खुला संवाद, समझदारी र संवेदनशीलता देखाउन आग्रह

हेटौंडामा व्यवसायी र बैंकबीच खुला संवाद, समझदारी र संवेदनशीलता देखाउन आग्रह

हेटौंडा । "हाम्रा व्यवसायीहरू भाग्ने होइनन्, केही लचकता देखिनुपर्छ," मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो भावुक अभिव्यक्ति दिनुभयो। मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको उक्त अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका व्यवसायीहरू र विभिन्न बैंकका शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा बैंकिङ प्रणालीमा देखिएका जटिलता, व्यवहार, तथा समाधानका उपायबारे प्रत्यक्ष संवाद भयो। अध्यक्ष रानाभाटले हालको मन्दीपछिको व्यापारिक कठिनाइ उल्लेख गर्दै बैंकहरूप्रति लचिलो र समझदारीपूर्ण दृष्टिकोण अपनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “दुई–चार किस्ता ढिलो हुनु ठूलो कुरा होइन। बैंकहरूले सामाजिक संवेदनशीलता देखाउनुपर्छ।” उहाँले एक उदाहरण दिँदै थपे, “छोराले लिएको ऋणको कारण देखाएर घरमा पुगेर आमाबुबालाई मानसिक दवाब दिने…
Read More
हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

हेटौंडा । हेटौंडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौंडामा सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो । प्रतियोगितामा १२ वर्ष मुनिका महिला, पुरुष तथा १२ वर्ष माथिका महिला,पुरुष सहभागी भएका थिए । जस अन्तर्गत पुरुषतर्फ १२ वर्ष मुनि डिकन महतरा प्रथम, आयुस स्याङ्ग्तान द्धितिय भएका छन् । त्यस्तै १२ वर्ष माथि बज्र दोङ प्रथम, सुनिल लामा द्धितिय र आयुश रुम्बा तृतीय भएका छन् । महीला तर्फ १२ वर्ष मुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्धितीय, समिस्ता प्रधान तृतीय भएका छन् । १२ वर्ष माथी मुस्कान मगर प्रथम, नायना शाक्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.