हेटौंडामा ५० दिने ‘सडक मर्मत तथा सम्हार’ तालिम सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी ‘सडक मर्मत तथा सम्हार विषयक ५० दिने तालिम’ सम्पन्न भएको छ। तालिमको समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो।

कार्यक्रम राेजगार सेवा केन्द्र हेटाै‌डा उपमहानगरपालिकाको आयोजना, सेवा प्रदायक संस्था मध्यविन्दु टेक्निकल इन्स्टिच्युट प्रा.लि. को सहकार्यमा सञ्चालन गरिएको थियो। कार्यक्रम प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोगमा भएको हो ।

समापन कार्यक्रममा प्रशिक्षार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमबाट पाएको ज्ञान र सीप भविष्यमा रोजगार तथा आत्मनिर्भर जीवन निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रम वडा नम्बर ५ का वडा सदस्य रामबहादुर राईको अध्यक्षता तथा वडा नम्बर ५ का अध्यक्ष शुशिल घिमिरेको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

५० दिने तालिममा सहभागीहरूले सडक मर्मत तथा सरसफाइसम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान लिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममार्फत स्थानीय तहमा दक्ष जनशक्ति उत्पादन गर्ने र बेरोजगार युवालाई सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यलाई सार्थकता दिने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.