समाचार

मुख्यमन्त्री बानियाँद्वारा घर निर्माणमा सहयोग

मुख्यमन्त्री बानियाँद्वारा घर निर्माणमा सहयोग

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमार्फत मकवानपुरको मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारका लागि घर निर्माण गरिदिने भएका छन्। सोमबार मनहरी गाउँपालिकामा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले गाउँपालिकामार्फत घर निर्माणका लागि २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। पाँच वर्षअघि श्रीमानको मृत्यु भएकी मिठुमायाको एक मात्र छोरा अपाङ्ग रहेकाले उहाँ घर बनाउन नसकी समस्या भोग्दै आएकी थिइन्। स्थानीय समाजसेवी र मनहरी गाउँपालिकाको सिफारिसका आधारमा सहयोग गरिएको हो। मुख्यमन्त्री बानियाँले यसअघि नै आफ्नो सेवा सुविधा खर्च विपन्न नागरिकको घर निर्माणमा प्रयोग गर्ने घोषणा गर्नुभएको थियो। सो अवसरमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष राजकुमार श्रेष्ठ, यादव थपलिया, समाजसेवी…
Read More
थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा

थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो। यससँगै थाहा नगरपालिका मकवानपुरको पहिलो र बागमती प्रदेशको दोस्रो पूर्ण संस्थागत सुत्केरी नगरपालिका बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनतका कारण यो उपलब्धि सम्भव भएको बताउनुभयो। उहाँले थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको योगदान उल्लेखनीय रहेको दाबी गर्दै उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन तथा सडक विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा…
Read More
डान्स मेरो मनको जुनियर सिजन १ को तयारी पूरा

डान्स मेरो मनको जुनियर सिजन १ को तयारी पूरा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित प्रणामी भवनमा रहेको ड्रीम्स म्युजिक स्कुल प्रा .लि. ले आयोजना गरेको डान्स मेरो मनको जुनियर सिजन १ कार्यक्रमको तयारी पूरा भएको छ । भदौ १५ गतेदेखि सामुदायिक, निजी विद्यालयहरुमा गइ विध्यार्थीहरुको अडिशन लिने तयारीमा जुटेकाे ड्रीम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालले जानकारी दिए । 'विद्यालयहरुमा अडिशनको लागि पत्राचार गरेका छौँ, यता कार्यक्रमको लागि स्टेज निर्माणको काम सक्किएको छ'- खुलालले बताए । सडक बालबालिका आस्रित मामाघर नेपाल, मानव सेवा आस्रम, आमा घर जस्ता संघसंस्थाको अनुमति पाइयो भने सम्भवत ती ठाउँका बालबालिकामा पनि प्रतिभा खोज्ने आफुहरुको लक्ष्य रहेको छ खुलालले बताए । अडिशनको लागि मकवानपुरका…
Read More
नेकपा (एकीकृत समाजवादी) ले हेटौंडामा पार्टी स्थापना दिवस मनायाे

नेकपा (एकीकृत समाजवादी) ले हेटौंडामा पार्टी स्थापना दिवस मनायाे

हेटौंडा । नेकपा (एकीकृत समाजवादी)ले हेटौंडामा चौथो वार्षिक पार्टी स्थापना दिवस मनाएको छ । पार्टीले विचार गोष्ठी आयोजना गरि स्थापना दिवस मनाएको हो । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी मकवानपुरको आयोजनामा गरिएको बिचार गोष्ठीमा पार्टी भित्र रहेको आन्तरिक गुटबन्दी र अनेकता हटाउने नेताहरूको भनाइ रहेको थियो । जिल्ला अध्यक्ष विष्णु दाहालको सभाध्यक्षतामा हेटौंडा ४ स्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्य यादव गजुरेल, बागमती प्रदेश सदस्य माधव तिमल्सिना, रामेश राई, कल्पना विश्वकर्मा, जिल्ला उपाध्यक्ष धुर्ब भुजेल, सचीव किशोर बर्तौला, नगर अध्यक्ष विष्णुमाया लामा, रघुप्रसाद आचार्य, शिशिर…
Read More
‘नयाँ पन’ले तिज मनायो

‘नयाँ पन’ले तिज मनायो

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित नयाँ पन राष्ट्रिय दैनिक पत्रीकाले हेटौंडामा तिज विशेष कार्यक्रम गरेको छ । पत्रीकाका सम्पादक दिपेन्द्र रोक्काको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाइ , पत्रकार रामकुमार एलन ,पत्रकार महासङ्घका जिल्लाका पदाधिकारीहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । शुभकामना आदानप्रदान , नाचगान , प्रीति भोजगरी तिज विशेष कार्यक्रम मनाइएको थियो । २ वर्ष अन्क १५ सम्म प्रकाशन गरिसकेको पत्रीकाले छोट्टो समयमा बिकृती , बिसङ्गती विरुद्ध कलम चलाएर लोकप्रिय हुदै गएको छ ।
Read More
‘म यस्तो गीत गाउँछु जुनियर’ सम्पन्न, ‘डान्स मेरो मनको सिजन १’ शुरु

‘म यस्तो गीत गाउँछु जुनियर’ सम्पन्न, ‘डान्स मेरो मनको सिजन १’ शुरु

हेटौंडा । हेटौंडास्थित ड्रीम्स म्युजिक स्कुल प्रा. लि.ले आयोजना गरेको ‘म यस्तो गीत गाउँछु जुनियर’ प्रतियोगिताको समापन गरिएको छ । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय क्रमश सुलज्ञा राज्यलक्ष्मी शाह, सुज्यैना गहतराज, आर्मन कार्कीलाई नगदसहित पुरस्कृत गरिएको थियो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताका जज इश्वर खड्का, सुनिता शर्मा लुइँटेल, सुभाष गहतराज, देवेन्द्र कार्की लगायत विभिन्न बिधाका ब्याक्तीहरु सम्मानित भएका थिए । यस्तै म्युजिक स्कुलले ‘डान्स मेरो मनको सिजन १’ प्रतियोगिता गर्ने भएको छ । हेटौंडाको प्रत्येक स्कुलमा गएर विद्यार्थीहरुको अडिसन लिने र प्रतिभावान बिद्ध्यार्थीहरुबिच प्रतिस्पर्धा गराउने ड्रीम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालले जानकारी…
Read More
हेटौँडामा लायन्स क्लबले निर्माण गर्दै गरेको अस्पताललाई सबै लायन्सले अपनत्व लिनुपर्नेमा जोड

हेटौँडामा लायन्स क्लबले निर्माण गर्दै गरेको अस्पताललाई सबै लायन्सले अपनत्व लिनुपर्नेमा जोड

हेटौंडा । हेटौंडा–९ कर्रामा लायन्स क्लब अफ हेटौंडाले निर्माण गर्दै गरेको अस्पताललाई विश्वभरका लायन्स क्लबहरुले अपनत्व लिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। शुक्रबार हेटौंडामा आयोजित डिजी क्लब भिजिट कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब इन्टरनेशनल ३२५ एसका डिष्ट्रिक्ट डाइरेक्टर बिनय बस्नेतले हेटौंडा क्लबले ४८ वर्षपछि उदाहरणीय कार्य सुरु गरेको भन्दै यसलाई सबै लायन्स क्लबहरुले आफ्नो जिम्मेवारी ठान्नुपर्ने धारणा राखे। प्रमुख अतिथि समेत रहेका बस्नेतले अस्पताललाई सञ्चालनमा ल्याउन हातेमालो आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट उपकरणका लागि अनुदान ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा पिडिजी राजकुमार सिन्धीले आफ्नो कार्यकालमा सुरु गरेको वेलफेयर सेन्टर अहिले मूर्त रुप लिन थालेकोमा खुशी व्यक्त गर्दै परिकल्पनाकार सुदर्शन…
Read More
उद्योग संघ हेटौंडाका कामदार–कर्मचारीको आँखा परीक्षण

उद्योग संघ हेटौंडाका कामदार–कर्मचारीको आँखा परीक्षण

हेटौंडा । उद्योग संघ हेटौंडामा आवद्ध उद्योगका कामदार र कर्मचारीका लागि आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ। उद्योग संघ हेटौंडाको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार भएको कार्यक्रममा ११६ जनाको आँखा जाँच गरिएको हो। परीक्षणमा सहभागीमध्ये एक जनामा मोतिविन्दु देखिएको र थप १० जनालाई अन्य समस्या भएकाले हेटौंडा सामुदायिक आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ। मोतिविन्दु देखिएका कामदारलाई शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको छ। परीक्षणमा सहभागीलाई आवश्यक औषधि निशुल्क वितरण गरिएको थियो। कार्यक्रममा हेटौंडा इन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौंडा फेब्रिकेशन, सामुराई स्टील, क्रिस्टल प्रोडक्टलगायतका उद्योगका कामदार–कर्मचारीले आँखा जाँच गराएका थिए।
Read More
शिक्षा विधेयक संशोधनको माग गर्दै हेटौंडामा प्याब्सनद्वारा बस र्याली

शिक्षा विधेयक संशोधनको माग गर्दै हेटौंडामा प्याब्सनद्वारा बस र्याली

हेटौंडा । प्रस्तावित शिक्षा विधेयकमा रहेका प्रावधान संशोधनको माग गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शुक्रबार हेटौंडामा विद्यालय बस ¥याली निकालेको छ। प्याब्सन प्रदेशस्तरीय समितिको बिहीबार सम्पन्न आन्दोलन तयारी बैठकको निर्णयअनुसार शुक्रबार बिहान हुप्रचौरबाट सुरु भएको ¥याली रजत जयन्ती चोक, सीमाचोक, बुद्धचोक हुँदै लोकप्रिय भोजनालयबाट मनकामना चोकसम्म परिक्रमा गरेको थियो। प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीका अनुसार शिक्षा विधेयकले निजी विद्यालयलाई एकतर्फी गैरनाफामूलक बनाउने व्यवस्था गरेको भन्दै त्यसमा संशोधन गर्नुपर्ने माग गरिएको हो। साथै, १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र पूर्ण छात्रवृत्तिको व्यवस्था हटाउनुपर्ने माग समेत प्याब्सनले अघि सारेको छ। यसअघि नै प्याब्सनले हेटौंडा उपमहानगरपालिका, थाहा…
Read More
सुलोचना स्याङ्तानलाई  थाहा नारी रत्न सम्मान

सुलोचना स्याङ्तानलाई थाहा नारी रत्न सम्मान

हेटौंडा । रेडियो थाहा संचार हेटौंडाले हरेक वर्ष जस्तै यसपाली पनि नेपाली नारीहरुको पर्व हरि तालिका तीजको अवसरमा थाहा नारी रत्न सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । हेटौंडामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम रेडियोका प्रवन्धक निर्देशक अरुणराज सुमार्गीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा स्वागत मन्तब्य राख्दै रेडियो थाहा संचारका स्टेशन मेनेजर गोकुल अधिकारीले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमको आयोजना गरिएको बताए । सो क्रममा बोल्दै नगर प्रमुख लामाले रेडियो थाहा संचारले गरेको कार्य निकै प्रशंसनीय रहेको बताईन् । यस्तै,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.