नेकपा (एकीकृत समाजवादी) ले हेटौंडामा पार्टी स्थापना दिवस मनायाे

हेटौंडा । नेकपा (एकीकृत समाजवादी)ले हेटौंडामा चौथो वार्षिक पार्टी स्थापना दिवस मनाएको छ । पार्टीले विचार गोष्ठी आयोजना गरि स्थापना दिवस मनाएको हो ।

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी मकवानपुरको आयोजनामा गरिएको बिचार गोष्ठीमा पार्टी भित्र रहेको आन्तरिक गुटबन्दी र अनेकता हटाउने नेताहरूको भनाइ रहेको थियो ।

जिल्ला अध्यक्ष विष्णु दाहालको सभाध्यक्षतामा हेटौंडा ४ स्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्य यादव गजुरेल, बागमती प्रदेश सदस्य माधव तिमल्सिना, रामेश राई, कल्पना विश्वकर्मा, जिल्ला उपाध्यक्ष धुर्ब भुजेल, सचीव किशोर बर्तौला, नगर अध्यक्ष विष्णुमाया लामा, रघुप्रसाद आचार्य, शिशिर पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.