समाचार

हेटौंडामा गुरुशिष्य बोर्डिङमा फुटबल प्रशिक्षण सुरु

हेटौंडामा गुरुशिष्य बोर्डिङमा फुटबल प्रशिक्षण सुरु

हेटौंडा । हेटौंडा–१९ स्थित गुरुशिष्य पाठशाला बोर्डिङले शिक्षासँगै खेलकुदलाई पनि समान महत्व दिने उद्देश्यसहित विद्यालयमै नियमित फुटबल प्रशिक्षण सुरु गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौलागाईंका अनुसार करिब एक महिना अघिदेखि कक्षा ८ र ९ मा अध्ययनरत २० जना विद्यार्थीलाई दैनिक दुई घण्टा फुटबल प्रशिक्षण दिइँदै आएको छ। मकवानपुर जिल्ला फुटबल संघका सदस्य समेत रहेका चौलागाईंले विद्यार्थीलाई स्वस्थ राख्ने, खेलप्रतिको रुचि र क्षमता विकास गर्ने र भविष्यका सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताए। “शिक्षासँगै खेलकुदलाई प्रोत्साहन गरेर विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष चौलागाईंले भने। उहाँकै नेतृत्वमा रियल स्टार युवा क्लबले विगतमा जिल्लास्तरका…
Read More
संघसंस्था ऐनको मस्यौदाप्रति गैसस महासंघको आपत्ति

संघसंस्था ऐनको मस्यौदाप्रति गैसस महासंघको आपत्ति

हेटौँडा । नेपाल सरकारले तयार पारेको संघसंस्था ऐन २०८२ को मस्यौदाप्रति गैरसरकारी संस्था महासंघ नेपाल (गैसस महासंघ) ले गम्भीर आपत्ति जनाएको छ। महासंघले सरकारले सर्वसाधारणबाट राय संकलनको नाममा अघि बढाएको प्रक्रिया पारदर्शी नभएको र यसले नागरिक स्वतन्त्रता, सहभागिता तथा पारदर्शितामा प्रहार गर्ने ठहर गरेको छ। गृह मन्त्रालयमार्फत राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४ र समाज कल्याण ऐन २०४९ लाई एकीकृत गरी ल्याइएका प्रावधानहरूबारे महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघको भनाइमा, नयाँ मस्यौदाले नागरिक संघसंस्थाको स्वतन्त्रता र सहज सञ्चालनलाई प्रवर्द्धन गर्नेभन्दा उल्टो अनावश्यक प्रशासनिक झन्झट थप्ने र सरकारी निकायमा अनावश्यक अधिकार केन्द्रीकरण गर्ने प्रयास गरेको छ। संयुक्त विज्ञप्तिमा…
Read More
‘मेगा इन्स्टलेसन एण्ड इन्डक्सन प्रोग्राम’ को तयारी पूरा

‘मेगा इन्स्टलेसन एण्ड इन्डक्सन प्रोग्राम’ को तयारी पूरा

हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ नेपालको एरिया–२ द्वारा आयोजना गरिने ‘मेगा इन्स्टलेसन एण्ड इन्डक्सन प्रोग्राम’ का लागि सम्पूर्ण तयारी पूरा भएको छ। एरिया–२ का चिफ कोअर्डिनेटर पीएमजेएफ अमितकुमार शर्माले पत्रकार सम्मेलनमार्फत विशेष कार्यक्रम यही शुक्रबार दिउँसो १ बजे हेटौंडा–१ चौकोटोलस्थित हिमालयन दरबारमा हुने जानकारी गराएका छन्। कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर एमजेएफ विनय बस्नेत रहनेछन्। सो अवसरमा आईपीडीजी पीएमजेएफ तासीडोल्मा तुम्बाहाङ्फे, पीडीजी तथा मल्टिपल डिष्ट्रिक्ट कमिटी चेयरपर्सन पीएमजेएफ अमरबहादुर श्रेष्ठ, पीएमसीसी पीएमजेएफ डा. रमेश अग्रवाल, पीडीजी एमजेएफ शम्भु नकर्मी लगायत प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमका दुई मुख्य गतिविधि रहनेछन्। इन्स्टलेसन कार्यक्रममा विभिन्न लायन्स क्लबका…
Read More
पत्रकार महासंघ मकवानपुरले स्थापना गर्यो ‘सुत्केरी प्रवर्द्धन कोष’

पत्रकार महासंघ मकवानपुरले स्थापना गर्यो ‘सुत्केरी प्रवर्द्धन कोष’

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकारको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि विशेष कोष स्थापना गरेको छ। बिहीबार हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कोषको औपचारिक शुभारम्भ गरिएको हो। उपमहानगरपालिकाले उक्त कोषका लागि ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। कार्यक्रममा नगर प्रमुख लामाले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो पहल प्रशंसनीय भएको बताउँदै व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्। त्यस्तै उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले पनि महिला पत्रकारहरूलाई लक्षित गरिएको यो कोष ऐतिहासिक कदम भएको भन्दै व्यक्तिगत रूपमा १० हजार सहयोग गर्ने घोषणा गरे। महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, ब्रडकास्टिङ एसोसिएसन नेपालका…
Read More
मुख्यमन्त्री बानियाँको प्रतिवद्धता : “जनताको विश्वास अनुसार जनमुखी काम गर्छु”

मुख्यमन्त्री बानियाँको प्रतिवद्धता : “जनताको विश्वास अनुसार जनमुखी काम गर्छु”

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको मत र विश्वासको सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक आफ्नै निर्वाचन क्षेत्र मकवानपुर–२ (ख) मा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुँदै उनले गरिबमुखी, आयमुखी र न्यायमुखी कार्यक्रममार्फत प्रदेशको समग्र विकासमा जुट्ने अठोट व्यक्त गरेका हुन् । मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्री स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै बानियाँले निर्वाचन क्षेत्रमा विकासका कामलाई निष्पक्ष ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । उनले भने, “मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले ठूलो योगदान गर्नुभएको छ । यस भेगका जनताले विश्वास गरेर जिताएकै कारण म आज मुख्यमन्त्री…
Read More
हेटौंडामा अनेम संघ (समाजवादी) को तिज विशेष कार्यक्रम सम्पन्न

हेटौंडामा अनेम संघ (समाजवादी) को तिज विशेष कार्यक्रम सम्पन्न

हेटौंडा । अनेम संघ (समाजवादी) जिल्ला कार्यसमिति हेटौंडाको आयोजनामा गरिएको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।हेटौंडामा भएको कार्यक्रम संघकी जिल्ला अध्यक्ष शुक्रदेवी बलको सभाध्यक्षता तथा अनेम संघ (समाजवादी) की केन्द्रिय अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै संघकी केन्द्रिय अध्यक्ष सिग्देलले पुरानो क्रान्तिकालका गीत "नउठी भएन संसारका दिदीबहिनी हो केछर बाँच्ने आधार कम्मर नकसी । " भन्दै पुरानो दिनहरुको सम्झना गरिन् । उनले भनिन् , 'गीत हामीले महिला हकहित, अधिकारका लागि गाएर क्रान्ति गरेका थियौं, त्यसको फलस्वरूप अहिले ३३ प्रतिशत अधिकार महिलाले पाएका छन् , देशको प्रमुख स्थानमा महिलाहरु पुगेर नेतृत्व गरेका छन् ।…
Read More
हेटौँडामा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सुदर्शन खतिवडालाई सम्मान

हेटौँडामा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सुदर्शन खतिवडालाई सम्मान

हेटौँडा । अजरबैजानको बाकुमा सम्पन्न इण्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियनसिप–२०२५ मा पदक जितेर देशको नाम उज्ज्वल पार्न सफल खेलाडी सुदर्शन खतिवडालाई हेटौँडामा विशेष सम्मान गरिएको छ। मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO Union) मकवानपुरको आयोजनामा मंगलबार जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले खतिवडालाई नगद २५ हजार १२५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिन्। हेटौँडा–१८ का प्रतिभाशाली खेलाडी खतिवडाले सो प्रतियोगितामा करातेतर्फ स्वर्ण पदक र किकबक्सिङ्गतर्फ काँस्य पदक जितेका थिए। जुलाई २६ देखि २८ तारिखसम्म सम्पन्न प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो। खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शक र आयोजकहरूको ध्यान खिच्न सफल खतिवडाले यसअघि पनि…
Read More
बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

हेटौंडा । गाईभैंसीमा फैलँदै गएको लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेशभर सप्ताहव्यापी खोप अभियान आइतबारदेखि सुरु गरिएको छ। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले ललितपुरको कान्ज्योसोम गाउँपालिका–१, चौघरेमा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरे। मन्त्री पौडेलले राजधानी उपत्यकाको दुध आपूर्ति धान्ने क्षेत्र भएकाले ललितपुरबाट अभियान सुरु गरिएको बताए। पशुधनमा रोग फैलन नदिई सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले अग्रिम तयारीस्वरूप खोप अभियान सञ्चालन गरिएको उनको भनाइ थियो। मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने अभियान अन्तर्गत १ लाख २० हजार गाईभैंसीलाई खोप दिने लक्ष्य राखिएको छ। यस वर्ष ललितपुरमा १० हजार, काभ्रेपलाञ्चोकमा १४ हजार, नुवाकोट र…
Read More
प्रेस युनियन मकवानपुरद्वारा महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

प्रेस युनियन मकवानपुरद्वारा महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

हेटौँडा । नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सदस्यता विशेष अभियान सुरु गरेको छ । सोमाबर हेटौंडामा एकसय दिने सदस्यता विशेष अभियान सुरु गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पंखा (फ्यान) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ । युनियनले एक सय दिने सदस्य विशेष अभियानको शुभारम्भसँगै सोमबार हेटौंडामा आयोजित कार्यक्रममा सामाग्री हस्तान्तरण गरेको हो । नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेका थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई…
Read More
पूर्व प्रहरी संगठले मनाए पूर्वप्रहरी दिवस

पूर्व प्रहरी संगठले मनाए पूर्वप्रहरी दिवस

हेटौंडा । नेपाल पुर्व प्रहरी संगठन बागमती प्रदेशले पूर्व प्रहरी दिवस मनाएको छ । ३५ औं पूर्व प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । नेपाल पूर्व प्रहरी संगठनका बागमती प्रदेश अध्यक्ष रितमान खाती क्षेत्रीको सभाध्यक्षता बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख अरुण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख पौडेलले पूर्वप्रहरी , प्रहरी एकै भएकोले आफ्नो साथसहयोग रहने बताए । शान्ति सुरक्षाको सन्दर्भमा सम्झौता नहुने पौडेलको भनाइ थियोे । उनले जेष्ठ प्रहरी, अमर प्रहरी परिवारको साथमा सम्पुर्ण प्रहरी बल रहेको बताए । यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज खड्काले बहालवाला प्रहरी ,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.