हेटौंडा । नेपाल पुर्व प्रहरी संगठन बागमती प्रदेशले पूर्व प्रहरी दिवस मनाएको छ । ३५ औं पूर्व प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो ।
नेपाल पूर्व प्रहरी संगठनका बागमती प्रदेश अध्यक्ष रितमान खाती क्षेत्रीको सभाध्यक्षता बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख अरुण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख पौडेलले पूर्वप्रहरी , प्रहरी एकै भएकोले आफ्नो साथसहयोग रहने बताए । शान्ति सुरक्षाको सन्दर्भमा सम्झौता नहुने पौडेलको भनाइ थियोे । उनले जेष्ठ प्रहरी, अमर प्रहरी परिवारको साथमा सम्पुर्ण प्रहरी बल रहेको बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज खड्काले बहालवाला प्रहरी , पूर्व प्रहरी , सशस्त्र प्रहरी हामी सबै प्रहरी हौं , हामी जिवनको अन्तिम क्षणसम्म प्रहरीनै रहिरहन्छौ यो हाम्रो कर्म भएकोले जतिसक्दो राम्रो कर्म गर्नुपर्ने बताए । कार्यक्रममा पूर्व सशस्त्र प्रहरी संगठन जिल्ला अध्यक्ष सुशील पराजुली, सिमलटार टोलविकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरले समाजको शान्ति सुरक्षामा खलल आएकोले त्यतापट्टी विशेष ध्यान पुर्याउनु पर्ने बताए ।

कार्यक्रममा जेष्ठ प्रहरी, अमर प्रहरी परिवारलाई सम्मान गर्नुका साथै प्रमुख अतिथिको हातबाट झण्डोत्तोलन, बेलून उडाइ, पूर्व प्रहरीको शालिकमा बत्ति बालेर उद्घाटन साथै वृक्षारोपण पनि गरिएको थियो । कार्यक्रममा पूर्वप्रहरी संगठन बागमती प्रदेशका उपाध्यक्ष चन्द्रबहादुर लामा, सह- संयोजक विजयबहादुर श्रेष्ठ,जिल्ला अध्यक्ष सूर्यबहादुर श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।




























